८ वैशाख २०८१ शनिबार
राजनीति

२५ बुँदेको विरोध गर्नेहरु नक्कली राष्ट्रवादी हुन्ः परराष्ट्रमन्त्री

काठमाडौं–परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा भएको २५ बुँदे विज्ञप्तिको बचाउ गरेका छन्। नेपाल र भारतबीच भएका सहमति र सम्झौताहरुले राष्ट्रिय स्वार्थमा आँच नआउने उनले दावी गरे।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै मन्त्री महतले २५ बुँदे संयुक्त विज्ञप्तीलाई लिएर बाबुराम भट्टराई लगायत सरकार बाहिर रहेका दलहरुले गरेको बिरोधलाई ‘नक्कली राष्ट्रवाद’को संज्ञा दिए।

उनले भने ‘आफू सरकार बाहिर हुनेवित्तिकै सस्तो लोकप्रियताको लागि यसरी विरोध गर्नु हास्यस्पद हो, यो त विरोधको नाममा विरोध मात्रै हो।’
महतको भनाई थियो– ‘कुनै विवाद नै नभएको विषयलाई विवादित बनाउने, प्रोपागाण्डा बनाउने र जनतामा भ्रम पैदा गर्ने कुराले राष्ट्रिय स्वार्थ पूरा हुँदैन,’ उनले थपे ‘नेपाल र भारतबीच धेरै विषयमा समान धारणा छ, अनि यसबारेमा बोल्दा नराम्रो कुरा के भयो ?’

प्रकाशित: १८ आश्विन २०७३ ११:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App