१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

वीरगन्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व

वीरगन्ज – वीरगन्ज उद्योग बाणिज्य संघले नयाँ नेतृत्व पाएको छ। संघको ४३ औं सधारणसभाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण वीरगन्जमा सोमवार एक समारोहविच सम्पन्न भएको छ। नेपाल उद्योग बाािण्ज्य महासंघ आबद्धमध्ये सबभन्दा ठूलो संघको रुपमा रहेको वीरगन्ज उद्योग वाािण्ज्य संघको अध्यक्षको रुपमा नवनिर्वाचित अध्यक्ष गोपाल केडिया र अन्य पादाधिकारीलाई निर्वाचन समितिले सपथ ग्रहण गराएको हो। 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा सम्पन्न सपथग्रहण समारोहमा अध्यक्ष केडियासंगै बरिष्ठ उपाध्यक्षमा सुबोध गुप्ता, उपाध्यक्षमा अनिल पटवारी, महासचिवमा माधव राजपाल, उद्योग सचिवमा अरबिन्द अमात्य, बाािण्ज्य सचिवमा प्रेमचन्द्र गोयल, कोषाध्यक्षमा रबिन्द्रकुमार बर्णवाल र सहकोषाध्यक्ष गोबिन्दप्रसाद साह रहेका छन्। नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथी राउतले शुभकामना ब्यक्त गरेका छन्। 

अध्यक्षको रुपमा पहिलो मन्तब्य राख्दै केडियाले औद्योगिक करिडोरमा सुरक्षाका निम्ति सिसिटिभी क्यमरा जडान,  औद्योगिक क्षेत्रको लागि केमिकल सहितको बारुणयन्त्र, सिमारा बिमानस्थलको स्तरोन्नती गरी भारत र नेपालका काठमाडौं बाहेकका ठुला सहरहरुमा नियमित उडान, पर्साको एउटा निश्चित क्षेत्रमा डस्टी कार्गो भण्डारण ब्यवस्थालाई चार वटा प्राथमिकताको क्षेत्रको रुपमा चिनाए।

संघको निवर्तमान अध्यक्ष ओमप्रकाश शर्माको अध्यक्षतामा सुरु भएको सपथग्रहण कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोरकुमार प्रधान, राजनीतिक दलका नेताहरु, संघका पर्व अध्यक्षहरु लगायतले शुभकामना दिएका थिए। कार्यक्रममा बिभिन दलका नेताहरु, सरकारी अधिकारीहरु र समाजिक अगवाहरु र संचारकर्मी लगायतको उपस्थिती रहेको थियो। 

 

प्रकाशित: १५ माघ २०७५ ०३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App