coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहटमा स्याल आतंक, तीन दर्जन भन्दा बढी स्यालको टोकाइबाट घाइते

रौतहट- रौतहटका ६ भन्दा बढी गाविसमा स्यालको आतंक देखिएको छ। दुई दिनमा तीन दर्जनभन्दा बढीलाई स्यालले टोकेर घाइते बनाएको छ।

सोमवार साँझ गरुडा इलाका प्रहरी कार्यालयको पश्चिम तर्फको टोलमा स्यालले नौजनालाई टोकेर घाइते बताएका छन्। जिंगडियामा पाँचजनालाई स्यालले टोकेको स्थानीय पुरुषोत्तम मिश्रले बताएका छन्। गरुडामा पनि सोमवार साँझ नै सातजनालाई स्याललले टोकेको स्थानीय शिक्षक महिन्दर पंडितले बताए। गौर–चन्द्रपुर जोडने सडक खन्डको झाँझपुलमा आठ जनालाई सोमवार साँझ स्यालको समूहले आक्रमण गरी घाइते बनाएको छ।

मंगलवार बिहान पनि डेढ दर्जनलाई विभिन्न गाउँमा स्यालले टोकेको छ। मंगलवार बिहान महम्मदपुर, पचरुखी र पिपरा पोखरियामा स्यालले टोकेर १८ जना घाइते भएका छन्। घाइतेहरुको उपचार स्थानीय अस्पतालहरुमा गरिएको र १७ जनालाई काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्लाका विभिन्न अस्पतालहरुमा प्राथमिक उपचार गरेपछि सामान्य घाइतेलाई घर फर्काइको र टोकेर घाइते भएकोलाई काठमाडौं टेकु अस्पताल रिफर गरिएको अस्पतालले जनाएको छ।  जिल्ला अस्पताल गौरका आकस्मिक उपचार कक्षका प्रमुख प्रवीण झाका अनुसार स्यालले टोकेपछि सरुवा रोग लाग्ने सम्भावना रहेकोले टेकु अस्पताल काठमाडौं रिफर गरिएको हो।  

स्यालले स्थानीयको हात, टाउको, मुख, छाती, अनुहार, खुटा, नाक, ओठ, कान लगायतको स्थानमा टोक्ने गरेको देखिएको छ।

प्रकाशित: १८ आश्विन २०७३ १०:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App