८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पायल्स उपचारमा आयुर्वेदिक शल्यक्रिया प्रभावकारी

काठमाडौं - रोल्पा लिवाङकी ४० वर्षीया गीता आचार्यको एक साताअघि आयुर्वेद चिकित्सालय नरदेवीमा पायल्सको शल्यक्रिया भयो। उनी आइतबार डिस्चार्ज भएकी छिन्। उनका पतिले यो अस्पतालमा पायल्सको राम्रो उपचार हुने सुनेपछि गीतालाई उपचारका लागि पठाएका थिए। अस्पताल पुगेपछि चिकित्कले शल्यक्रिया गर्ने बताए। उनी एक साताअघि अस्पतालमा भर्ना भइन्।

अहिले उनको पायल्सको घाउ निको हुँदै गएको छ। चिकित्सकले पन्ध्र दिनको लागि औषधि दिएका छन् भने एक महिनासम्म नरम खाने कुरा खान सुझाएका छन्। उनले चिकित्सकको सुझाव पालना गरिरहेकी छिन्। उनी भन्छिन्, ‘अहिले शौच गर्न अलि गाह्रो भइरहेको छ तर त्यसबाहेक पहिला जस्तो कुनै समस्या छैन,’ उनले सोमबार नागरिकसँग भनिन्। आचार्यका अनुसार एक साताअघि उनीसँगै चार महिला र सात पुरुषको शल्यक्रिया भएको थियो। उनीहरु पनि अरुको पायल्सको सफल उपचार भएको थाहा पाएपछि सो अस्पताल पुगेको आचार्यले बताइन्।

उल्लिखित बिरामीहरुबाहेक अस्पतालमा पायल्स तथा फिस्टुलाको शल्यक्रिया गर्ने बिरामीको संख्या बढिरहेको अस्पतालका वरिष्ठ आयुर्वेद चिकित्सक डा. शोभाराम सुवेदीले बताए। उनी भन्छन्, ‘पायल्स रोग पनि बढेको छ, उपचार गर्न आउने पनि बढेका छन्।’ सुवेदीका अनुसार आयुर्वेद चिकित्सा पद्धतिमा क्षार सूत्र प्रयोग गरी हुने शल्यक्रियाको सफलता बढी भएकाले बिरामीको आकर्षण बढेको हो। ‘एलोपेथिक पद्धतिमा उपचार गरी हैरान भएका पनि आउँछन्, पछिल्लो समय यो उपचारबाट निको भएकाहरुबाट सुनेर पनि आउँछन्,’ डा. सुवेदीले भने।

आयुर्वेद चिकित्सा पद्धतिमा क्षार सूत्र प्रयोग गरी हुने शल्यक्रियाको सफलता बढी भएकाले बिरामीको आकर्षण बढेको हो।

चिकित्सकका अनुसार क्षार सूत्रको आधारमा हुने यो शल्यक्रियामा क्षार धागो (विशेष औषधि प्रयोग गरिएको धागो) शल्यक्रिया गर्ने भागमा बाँधिन्छ। सो धागोमा औषधि पनि पहिल्यै राखिएको हुनाले धागोले आवश्यक भाग आफंै काट्छ र काटिएको भाग आफैं निको हुँदै जान्छ। धागोले हतियार र मलमले गर्ने काम एकै पटक गर्ने हुनाले शल्यक्रियाको समयमा खास औजार र एनेस्थेसियाजस्ता औषधिको आवश्यक पर्दैन। बिरामीले पेटभरि खाना खाएरै यो शल्यक्रिया गर्न मिल्छ। तर घाउमा थप संक्रमण नहोस् भनेर सफाइ उपचारको कतिपय अवस्थामा एलोपेथिक औषधी एन्टिबायोटिक समेत दिने गरिन्छ।

आयुर्वेद चिकित्सालय अस्पतालका यो अस्पतालमा मात्र मासिक औसत २५ जनाको पायल्सको शल्यक्रिया भइरहेको छ। अस्पतलामा दुई जना शल्यचिकित्सक छन्। पायल्स फिस्टुलाको गरी मासिक औसत ३२ जना हुने गरेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार पायल्सको तुलनामा फिस्टुलाको समस्या कम हुने कारण यो रोगका बिरामी पनि कम आउँछन्।

आयुर्वेद पद्धति अनुसार शल्यक्रिया गर्दा सजिलो र यसको परिणाम पनि प्रभावकारी भएकोले बिरामी यो पद्धतिमा आकर्षित हुने गरेको अस्पतालका बरिष्ठ आयुर्वेद चिकित्सक शोभाराम सुवेदीले बताए। ‘आयुर्वेद पद्धतिबाट गरिएको उपचार बल्झिने सम्भावना कम हुन्छ’डा.सुवेदीले भने। पायल्स पहिलो र दोस्रो चरणको अवस्थामा मात्र छ भने औषधीले पनि निको हुन्छ। फिस्टुलाको शल्यक्रिया भने अवस्था अनुसार दुईदेखि पाँच पटकसम्म पनि गर्नु पर्न हुन सक्छ। यो अस्पतालमा पायल्स र फिस्टुलाको नियमित शल्यक्रिया २०६९ सालदेखि हुँदै आएको छ।

रोल्पा लिवाङकी ४० वर्षीया गीता आचार्यको एक साता अघि आयुर्वेद चिकित्सालय नरदेवीमा पायल्सको शल्यक्रिया भयो।उनी आइतवार डिस्चार्ज भएकी छिन्। उनको पतिले यो अस्पतालमा पायल्सको राम्रो उपचार हुने सुनेपछि गीतालाई उपचारका लागि पठाएका थिए। अस्पताल पुगेपछि चिकित्कले शल्यक्रिया गर्ने बताए। उनी एक साता अघि अस्पतालमा खाना खाएर भर्ना भइन्। उनको बिना कुनै पनि घाउ बिना शल्यक्रिया भयो।

अहिले उनको पायल्सको घाउ निको हुँदै गएको छ। निको भएपछि चिकित्सकले पन्ध्र दिनको लागि औषधी दिएर घर फर्केकी हुन्। चिकित्सकले उनलाई एक महिनासम्म नरम खाने कुरा खान सुझाएका छन्। उनले चिकित्सकको सुझाव पालना गर्दै बसेकी छिन्। उनी भन्छिन्, ‘अहिले अलिक दिसा गर्न समस्या बाहेक केही छैन,यो पुरै निको हुन समय लाग्छ’ उनले सोमवार नागरिकसित भनिन्। आचार्यका अनुसार एक साता अघि उनीसंगै चार महिला र ७ जना पुरुष गरी सात जनाको शल्यक्रिया भएको थियो। उनीहरु पनि अरुको पायल्सको सफल उपचार भएको थाहा पाएपछि यो अस्पताल पुगेको आचार्यले जानकारी दिइन्।

उल्लेखित बिरामीहरु बाहेक अस्पतालमा पायल्स तथा फिस्तुलाको शल्यक्रिया गर्ने बिरामीको आकर्षण बढिरहेको अस्पतालका बरिष्ठ आयुर्वेद चिकित्सक डा.शोभाराम सुवेदीले बताए। उनी भन्छन्,‘पायल्स रोग पनि बढेको छ, उपचार गर्न आउने पनि बढी छन्’। सुवेदीका अनुसार आयुर्वेद चिकित्सा पद्धतिमा क्षार सूत्र प्रयोग गरी हुने यो शल्यक्रियाको सफलता बढी भएकोले बिरामीको आकर्षण बढेको हो। ‘एलोपेथिक पद्धतिमा उपचार गरी हैरान भएका पनि आउँछन्,पछिल्लो समय यो उपचारबाट निको भएकाहरुबाट सुनेर पनि आउँछन्’डा.सुवेदीले भने।

चिकित्सकका अनुसार क्षार सूत्रको आधारमा हुने यो शल्यक्रियामा क्षार धागो(बिशिष्ट औषधी प्रयोग गरिएको धागो)शल्यक्रिया गर्ने भागमा बाँधिन्छ। यो धागोमा औषधी पनि पहिल्यै राखिएको हुनाले यो धागोले आवश्यक भाग आफै काट्छ र काटेको भाग पनि आफै निको हुँदै जान्छ। धागोले हतियार र मलमले गर्ने काम एकै पटक गर्ने हुनाले शल्यक्रियाको समयमा खास औजार र एनेशथेसिया जस्ता औषधीको आवश्यक पर्दैन नै। बिरामीले पेटभरि खाना खाएर यो शल्यक्रिया गर्न मिल्छ। तर घाउमा थप संक्रमण नहोस् भनेर सफाइ उपचार कतिपय अवस्थामा एलोपेथिक औषधी एन्टिवायोटिक समेत दिने गरिन्छ। शल्यक्रियापछि संक्रमण नहोस् भनेर मनतातो पानीमा बस्नु पर्छ।

आयुर्वेद चिकित्सालय अस्पतालका यो अस्पतालमा मात्र मासिक औसत २५ जनाको पायल्सको शल्यक्रिया भइरहेको छ। अस्पतलामा दुई जना शल्यचिकित्सक छन्। पायल्स फिस्टुलाको गरी मासिक औसत ३२ जना हुने गरेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार पायल्सको तुलनामा फिस्टुलाको समस्या कम हुने कारण यो रोगका बिरामी पनि कम आउँछन्।

आयुर्वेद पद्धति अनुसार शल्यक्रिया गर्दा सजिलो र यसको परिणाम पनि प्रभावकारी भएकोले बिरामी यो पद्धतिमा आकर्षित हुने गरेको अस्पतालका बरिष्ठ आयुर्वेद चिकित्सक शोभाराम सुवेदीले बताए। ‘आयुर्वेद पद्धतिबाट गरिएको उपचार बल्झिने सम्भावना कम हुन्छ’डा.सुवेदीले भने। पायल्स पहिलो र दोस्रो चरणको अवस्थामा मात्र छ भने औषधीले पनि निको हुन्छ। फिस्टुलाको शल्यक्रिया भने अवस्था अनुसार दुईदेखि पाँच पटकसम्म पनि गर्नु पर्न हुन सक्छ। यो अस्पतालमा पायल्स र फिस्टुलाको नियमित शल्यक्रिया २०६९ सालदेखि हुँदै आएको छ।

प्रकाशित: १५ माघ २०७५ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App