नेताको योग्यता र समाजसेवीको दूरदर्शिता

मङ्गलबार, १५ माघ २०७५, ०८ : २८ डा. सुभाष पोखरेल

सम्राट अकवरको दरवारमा संगीतकार तानसेन निकै शक्तिशाली थिए। राजालाई संगीत सुनाउने उनको दायित्व थियो। म्युजिकमा रुचि भएको राजप्रसादमा तानसेनको हैसियत उँचो हुने नै भयो। ९ शक्तिशाली भारदार समूहमा रहेकाले उनलाई मुगलको नवरत्न पनि भनिन्थ्यो। पटाड्गिनीमा तानसेनले एक साँझ राजालाई बाँसुरी सुनाइरहेका बखत टाढा जंगलमा मधुर सगीत गुञ्जियो। अकवरले तानसेनलाई बीचैमा रोकेर तिमीभन्दा पनि राम्रो बाँसुरी बजाउने व्यक्ति को रहेछ त्यो अनकन्टार जंगलमा भनी सोधे। तानसेनले उक्त व्यक्ति आफ्ना गुरु हरिदाश भएको जनाए। त्यस्तो अनुपम संगीतको साधना गर्ने व्यक्ति किन घना वनमा बाँसुरी बजाएर बसेको होला भन्ने राजाको प्रश्न तेर्सियो। स्वामी हरिदाश भगवानका लागि संगीत सुनाउँछन् भने उनले। व्यक्तिगत शुभलाभका लागि शासकलाई संगीत सुनाउने तानसेन र आफ्ना सन्तुष्टिका लागि साधना गर्ने हरिदाशको संगीतको स्तर एकै हुन सम्भव थिएन। नाफाका लागि काम गर्ने र आत्मसन्तुष्टिको साधना गर्ने मानिसको हैसियत समान हुने कुरा हँुदैन नै।  

इन्साइक्लोपिडियाले संसारको सबैकुरा जान्दछ भनिन्छ÷भनिन्थ्यो। ८० को दशकसम्म कुनै पनि नवीन कुराबारे जानकारी लिनुपरे दर्जनाँै पुस्तकको संगालोका रूपमा प्रकाशित इन्साइक्लोपिडिया पढ्ने अभ्यास थियो। इन्टरनेटको जमानामा अठारौँ शताब्दीको मध्यदेखि प्रकाशन सुरु गरेको इन्साइक्लोपिडिया ब्रिटानिकाको हैसियत फेरिनु अस्वाभाविक भएन। बदलिँदो परिस्थितिमा इन्साइक्लोपिडियालाई पुस्तकका रूपमा छाप्न आवश्यक नरहेकाले त्यसलाई डिभिडीका रूपमा प्रकाशन गर्ने अधिकार लियो माइक्रोसफ्टले। इन्साइक्लोपिडियाको सिडी बेचेर मनग्य आम्दानी गर्न सकिने सोचका आधारमा उद्यमी बिल गेट्सले उक्त काम लिए। माइक्रोसफ्टका अबल दर्जाका कर्मचारीलाई उक्त दायित्व सुम्पियो। राम्रो पारिश्रमिक दिएर संसारका एक से एक विधानलाई विविध विषयमा रचना गर्न लगाइयो। राम्रो भेटी दिएर विधानलाई लेख्न लगाएपछि इन्साइक्लोपिडियाको व्यापार बढ्ने सोच्नु अन्यथा भएन। तर, यथार्थमा त्यसो भएन। त्यसैबेला एक लगनशील समूहले विकिमेडिया फाउन्डेसन खोले, इन्टरनेटका लागि वेभपेज बनाए। इन्साइक्लोपिडियाको विकल्प जन्म भयो विकिपिडियाका नाममा। संपादकका रूपमा न्यूनतम योग्यता भएका संसारका कुनै पनि व्यक्तिले विकिपिडियाको पेजमा विषयवस्तुबारे लेख्न सक्ने भए। लिखतमा कुनै खराबी भए अर्को व्यक्तिले परिमार्जन गर्न पाउने हैसियत दिइयो। नवीन विषयको परीक्षण भयो। इन्साइक्लोपिडियाका कारिन्दाले उच्च धनराशि पाउने तर विकिपिडियामा काम गर्नेले स्वयंसेबकका रूपमा मुफ्तमा काम गर्नुपर्ने भएपछि केही दिनमा विकिपिडिया बन्द हुन्छ भन्ने आकलन गरिनु अस्वाभाविक रहेन। तर यथार्थमा परिणाम विपरित भयो। इन्साइक्लोपिडियाले विकिपिडियासँग प्रतिस्पर्धा गर्न सकेन। सन् २००९ मा संसारको धनाढ्य कम्पनी माइक्रोसफ्टले इन्साइक्लोपिडियाको प्रकाशन बन्द भएको घोषणा गर्‍यो। अर्कोतिर स्वयम्सेवीले चलाएका विकिपिडिया भने संसारकै लोकप्रिय ज्ञानको सागर बन्यो।

नयाँ शक्ति, विवेकशील तथा साझा पार्टीको वर्तमान हैसियत हेर्दा ती दलका नेताले आफूलाई राजनीतिज्ञको भन्दा नागरिक अगुवाका रूपमा प्रस्तुत गरे मुलुकले बढी लाभ पाउँथ्यो कि ?

कम्प्युटरको विकाससँगै उक्त संवेदनशील मिसिन चलाउन सफ्टवेयर अपरेटिङ सिस्टम निर्माण गर्नुपर्ने भयो। माइक्रोसफ्टलगायतका कम्पनीहरू अपरेटिङ सिस्टम बनाएर पैसा कमाउने धन्दामा लागे। बजारमुखी उद्यमीहरूको बोलवाला रहेकै अवस्थामा फिनल्यान्डको सफ्टवेयर इन्जिनियर लाइनस टोरभाल्डसले नवीन सफ्टवेयर अपरेटिङ सिस्टम ‘लाइनेक्स’ मात्र बनाएनन् बरु उक्त प्रविधि जसले पनि सित्तैमा प्रयोग गर्न पाउने गरी सार्वजनिक गरे। मुख्यतः गरिब देशमा अमेरिकी डलर खर्चिएर अपरेटिङ सिस्टम किन्नुपर्ने बाध्यात्मक परिस्थितिबाट उन्मुक्ति दिए इन्जिनियर लाइनसले। हुँदाहँुदा पछि लाइनेक्स यति लाभदायी देखियो कि संसारको सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी माइक्रोसफ्टले समेत त्यसलाई प्रयोग गरेको पाइयो।

अब अर्को उदाहरण हेरौँ। कम्प्युटरलाई सार्वजनिक पहुँचको वस्तु बनायो माइक्रोसफ्टले। एकलौटी राज भएपछि इन्टरनेट ब्राउज गर्न सबैले माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोररमै भर पर्नु अन्यथा भएन। एक्सप्लोररमा इन्टरनेट भाइरसले सताउन थालेपछि सहजताका लागि अर्को विकल्प आउनुपर्ने भयो। त्यसैबीच सित्तैमा संसारलाई इन्टरनेट ब्राउजर सुविधा दिने उद्देश्यले मोजिला फाइन्डेसन खुल्यो र उसले आफ्नो उत्पादन मोजिला फाएरफक्स सार्वजनिक गर्‍यो। ब्राउजरको दुनियामा मजिलाको स्थान आज के छ भनिरहनै परेन। उपरोलिखित परिदृश्यले पैसाका लागि काम गर्ने भन्दा नागरिकलाई केन्द्रमा राखेर पेशालाई साधना बनाउने व्यक्तिले समाजलाई बढी योगदान गरेको भन्छ।

प्रथम संविधान सभाको उत्तरार्धमा मधेसकेन्द्रित दलको समर्थनमा माओवादीका नेता बाबुराम भट्टराई प्रधानमन्त्री बने। आफ्नै पूर्वप्रतिबद्धता विपरित बाबुरामले सुरुमै जम्बो मन्त्रिमण्डल बनाए। तर पनि सबै सांसद मन्त्री बन्न संभव भएन। मधेसवादी दलबाट मन्त्री बन्न नपाएका समूहले माउ पार्टी फुटाउँदै नयाँ दल बनाउने अनि नवीन दलको नेताको हैसियतले मन्त्री बन्ने क्रम चलिरह्यो। पार्टी फुट्ने अनि मन्त्रिमण्डलको आकार बढ्ने क्रम रोकिएन। त्यसै सन्दर्भमा राष्ट्रपति रामवरण यादवले मधेसकेन्द्रित दल फुट्ने र मन्त्रिपरिषद्को आयतन बढ्ने प्रक्रियालाई राजनीतिक खेतीको नाम दिए। आम्दानीका लागि किसानले खेती गरेभैmँ नेताले राजनीतिक दल विभाजन गर्ने अनि मन्त्री बनेर पैसा कमाउने तत्कालीन परिदृश्यलाई राष्ट्रपतिले राजनीतिक खेतीको नाम दिनु अस्वाभाविक भएन।

व्यक्तिगत शुभलाभका लागि शासकलाई संगीत सुनाउने तानसेन र आफ्ना सन्तुष्टिका लागि साधना गर्ने हरिदाशको संगीतको स्तर एकै हुन सम्भव थिएन। नाफाका लागि काम गर्ने र आत्मसन्तुष्टिको साधना गर्ने मानिसको हैसियत समान हुने कुरा हुँदैन नै।

सन् २०१३ मा आम आदमी पार्टीले दिल्लीमा सफलता हासिल गरेपछि नेपालमा पनि वैकल्पिक दलको आवश्यकता देख्ने बढे। आफूलाई राजनीतिक भविष्यवेत्ता ठान्ने बाबुराम भट्टराईले नयाँ शक्ति नामको पार्टी गठन गरे। भारतमा आम आदमी पार्टीको सफलताबाट हौसिएकाहरू रात रहे अग्रास पलाउला शैलीमा नयाँ शक्तिको सदस्य बन्न पुगे। प्रशासनिक दायित्व विसर्जन गर्नेबित्तिकै नेपाली कांग्रेसको सदस्यता लिएर रामेश्वर खनाल रातारात नयाँ शक्तिको राजनीतिमा समाहित हुन पुगे। सुविधाको लोभमा विभिन्न दलबाट आएका झुण्डसँग न पसिना बगाएर दल बनाउने धैर्य थियो न त बाबुरामसँग उनीहरूलाई व्यवस्थापन गर्ने क्षमता नै थियो। परिणामस्वरूप नयाँ शक्ति पञ्चायतकालका कम्युनिस्ट घटक बर्मा र तुलसीलाल समूहभैmँ सिंगल म्यान पार्टी बन्यो।

महाभूकम्पका समय समाजपयोगी कार्यमार्पmत आफूलाई सामाजिक शक्तिका रूपमा स्थापित गरेका युवाहरूले विवेकशील समूह बनाए। आआफ्ना पेशा गरेर बसेका सुशिक्षित युवाहरूलाई समाजिक सेवामार्पmत मात्र धेरै योगदान गर्न संभव नभएको भान भयो। विवेकशील समूह पछि राजनीतिक दल बन्यो। विवेकशील पार्टी गठन भएताक नै रवीन्द्र मिश्रले बिबिसी नेपाली सेवाको जागिर तिलाञ्जली दिई साझा पार्टी गठन गरी राजनीतिमा आए। यसरी गठन भएका नवीन दलहरू सन् २०१७ को स्थानीय चुनावमा होमियो। भुइँचालोका बखत विवेकशील समूहले गरेको अनुकरणीय कार्यलाई नगरबासीले पत्याए। काठमाडौँमा विवेकशीलको मेयरको उमेदवारको हैसियतले रंञ्जु दर्शनाले राम्रो प्रस्तुति गरिन्। त्यस्तै साझा पार्टीका तर्पmबाट राजधानीको मेयरका उमेदवार भोला थापाको मत संख्या पनि खराब रहेन। नवस्थापित विवेकशील तथा साझा पार्टीका नेताले प्रारम्भिक सिँचन गरेर दललाई राजनीतिक शक्तिका रूपमा स्थापित गर्न लामो समय लाग्ने देखे। पार्टी एकीकरण गरे सहजै शक्तिशाली बनिने अनि राजनीतिक खेतीको फल तत्कालै पाइने ठहर भयो। साझा र विवेकशील पार्टी एकीकृत भए। त्यसबीचमा उनीहरूले के ठोस काम गरे ? तर, जनतामा विवेकशील साझा पार्टी वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुन लागेको भने पनि हुन नपाउँदै केही हप्ताअघि स्वार्थका लागि जुटेका पार्टीहरू विधिवत विभाजन भए।

प्रधानमन्त्री जस्तो व्यक्तिले गहकिलो प्रस्तुति दिनुको बदला उखानटुक्का सुनाएर जग हँसाएको देख्दा विदेश प्रशिक्षित व्यक्तिले राजनीति गर्दा मुलुकको अवस्था सुध्रन्थ्यो कि भन्ने लाग्नु अन्यथा भएन। तर विद्यावारिधि बाबुराम भट्टराईको बिजोग र विदेश प्रशिक्षित विवेकशील साझा दलको फुटपछि विदेश प्रशिक्षित म्यानेजरले चलाएको पार्टी त झन् धान्न नसकिने रहेछ भन्न जनता बाध्य भए। केपी ओली र सुशील कोइरालाको पारिवारिक पृष्ठभूमि तथा सहपाठीले हासिल गरेको शैक्षिक उन्नयनलाई हेर्दा उनी स्नातकोत्तर नै गर्न नसक्ने व्यक्ति हुन् भन्न सकिन्न। उनीहरूले ब्याचुलर पनि गर्न नसक्नुको कारण कलिलो उमेरमै प्रतिबन्धित राजनीतिमा होमिनु अनि अनवरतरूपले पार्टीको काममा खटिनु हो भन्दा अन्यथा नहोला। आजन्म राजनीतिमा होमिएका नेता भन्दा प्रतिकूल अवस्थामा मुलुकबाट पलायन हुने, विदेश पढेर पनि जागिर नपाउँदा तथा पेन्सन पाकेपछि मुलुकको राजनीतिमा होमिने व्यक्तिले मुलुकको धेरै माया गर्छ भन्ने अवस्था रहेन। विकिपिडिया, लिनेक्स तथा फाएरफक्सको कथा र विवेकशील साझा पार्टीको गाथाले सामाजिक तथा राजनीतिक बागडोर संहाल्न शैक्षिक योग्यता होइन बरु आफ्ना स्वार्थलाई पाखा लगाइ आत्मसन्तुष्टिको साधना गर्ने व्यक्तिको आवश्यकता छ भन्नुपर्ने भयो।

कांग्रेस तथा कम्युनिस्ट पार्टीको अवस्था हेर्दा नेपालको राजनीति सुमार्गमा छ भन्ने अवस्था देखिन्न। डा. गोविन्द केसीले उठाएको मागलाई अक्षरशः सदर गर्नुपर्ने कम्युनिस्टहरू स्वास्थ्यलाई सेवाबाट व्यवसायमा रूपान्तरण गर्ने विधेयक बनाउन तल्लीन देखिए। आफ्नो शासनकालका बेला माखो नमार्ने अनि डा. केसीलाई देखाएर राजनीति गर्न खोज्ने कांग्रेसको चरित्र राजनीतिक भएन। भर्खरै पास भएको चिकित्सा विधेयक हेर्दा दुवै पक्षका सांसदले ऐनको लिखत र मर्म दुवै नबुझेको देखियो भने नेताहरू मेडिकल माफियाको चंगुलमा फसेको देखियो। सांसद तथा जनतालाई सुसूचित गराउने दायित्व नागरिक समाजको हो। तर, सिभिक सोसाइटी राजनीतिकरूपले विभक्त देखियो। यस्तो अवस्थामा निष्पक्ष नागरिक समाजको आवश्यकता देखियो। मानिसको अन्तरनिहित क्षमताका सम्बन्धमा विश्वप्रसिद्ध पुस्तक ‘स्टे«न्थ फाइन्डर’ का लेखक टम र्‍याथको विचारमा विगतमा फरक विद्यामा उच्च देखिएको व्यक्ति राजनीतिमा मध्यम होला तथा सफलतम हुन सक्दैन। राजनीतिमा सफल हुन उत्कृष्ठ समाजसेवी नै हुनुपर्छ भन्छन् अनुसन्धानकर्ता र्‍याथ। अनुसन्धान तथा पत्रकारितामा अबल भएकाले राजनीतिमा पनि सफल हुन्छु भन्ने तर्कमा सहमत हुन सकिएन। त्यसैले, नयाँ शक्ति, विवेकशील तथा साझा पार्टीको वर्तमान हैसियत हेर्दा ती दलका नेताले आफूलाई राजनीतिज्ञको भन्दा नागरिक अगुवाका रूपमा प्रस्तुत गरे मुलुकले बढी लाभ पाउँथ्यो कि ?







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

यस लेखमा एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ ...

Ncell Footer Ad