८ वैशाख २०८१ शनिबार
राजनीति

सरकार पूर्ण असफल : कांग्रेस

काठमाडौं -  नेपाली कांग्रेसले केपी नेतृत्व सरकारले जनतालाई शान्तिसुरक्षा र सुशासन दिन असफल भएको आरोप लगाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिमो बैठकमा बोल्दै नेता रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्रराज पाण्डे र गगनकुमार थापाले ओली नेतृत्वको कम्युनिस्ट सकार सबै क्षेत्रमा असफल भएको दाबी गरेका हुन्।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बित्दासमेत उक्त घटना रहस्यमै रहेको दाबी गर्दै सरकार भ्रष्टाचारसहितका जनविरोधी काममा उद्धत भएको धारणा राखेका छन्। सरकारका पछिल्ला गतिविधिको पार्टीले भण्डाफोर गर्नुपर्ने धारणा राख्दै नेता पौडेलले राखेको लिखित प्रस्तावमा भनिएको छ, ‘जनताको ढाड सेक्नेगरी भएको दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि आकाशिएको छ। तयसको हामीले सशक्त विरोध गर्नुपर्छ।’ संघीयताको मर्मविपरीत प्रधानमन्त्रीले विभिन्न निकायमा आपूm मातहत सार्ने काम गरिरहेको जनाउँदै पौडेलले भनेका छन्, ‘संविधानले तल्ला तहमा प्रदान गरेका अधिकार केन्द्रमै राख्ने प्रवृत्ति देखिएको छ।’

स्थानीय तहमा जथाभावी कर लगाउने र आफ्नै सुविधा वढाउने प्रवृत्ति बढेको जनाउँदै पौडेलले भने, ‘संवैधानिक परिषदको मर्म र भावनाविपरीत विपक्षी दलको नेताको अनुपस्थितिमै सत्ता अनुकूल एकतर्फी आयोग गठन गर्र्नेे र सर्वोच्च अदालत, अख्तियार दुरुपयोग निवारण आयोग, लोकसेवा आयोग जस्ता स्वतन्त्र र निष्पक्ष निकायमा सत्तापक्षको अनुचित हस्तक्षेप र ती संस्थालाई निस्तेज गराउने क्रियाकलापको विरोध गर्नुपर्छ।’

मेलम्चीको पानी विगत दसंैमा नै आउने भनेको किन आएन कुन कमिसनको चक्करमा प-यो जनताले जान्न पाउनुपर्ने जनाउँदै पौडेलले भनेका छन्, ‘तेत्तीस केजी सुनकाण्ड कहाँ गयो ? ठूला माछा कुन दुलोमा छन् बूढीगण्डकी जस्ता आयोजना सरकारले अपारदर्शी ढंगबाट गरेको आरोप लगाउँदै पौडेलले प्रशासन यन्त्रदेखि स्थानीय तहसम्म फैलिएको भ्रष्टाचारको पार्टीले सशक्त विरोध गर्नुपर्ने धारणा राखेका छन्।२० हजार युवालाई स्वरोजगार दिने, सहकारी तथा कृषिको आधुनिकीकरणका नाममा कम्युनिष्ट सरकारले आफ्ना कार्यकर्ता पोस्नेगरी पक्षपात पूर्ण व्यवहार गरेको अरोप लगाउँदै उनले भनेका छन्, ‘सरकारी सहुलियत तथा विकास योजना बाँडफाँटमा भैरहेको पक्षपातपूर्ण व्यवहारको भण्डाफोर गर्नुपर्छ।’

बैठकमा केन्द्रीय सदस्य कार्की र पाण्डेले संसदीय सुनुवाइ समिति र राष्ट्रियसभा बैठकका विषयमा केन्द्रिय समितिलाई जानकारी गराएका थिए। विपक्षी दलका नेताको उपस्थितिबिना बसेको संवैधानिक परिषद् बैठक र निर्णय संविधानको प्रक्रियाअनुसार नमिल्ने भएकाले पुनः बैठक बसेर मात्र आयोग अध्यक्षहरूको नाम सिफारीस गर्नुपर्ने धारणा राखेको सुनाए। त्यस्तै, पाण्डेले संसदीय अभ्यासविपरीत राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएको जानकारी गराए। पार्टी नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पतालहरु खारेजीको विरोधमा कांग्रेसले राष्ट्रियसभा अवरुद्ध गर्दै आएको थियो। कांग्रेस केन्द्रीय समिति बैठक माघ २३ गते बस्नेछ। बैठकले नेपाल विद्यार्थी संघ र महासमितिबाट सुझावसहित पारित प्रस्तावलाई पारित गर्नेछ।

कांग्रेस अदालत जाने
संवैधानिक व्यवस्था र प्रक्रियाविपरीत प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोगका अध्यक्ष नियुक्ति सिफारिसलाई चुनौती दिँंदै कांग्रेस अदालत जाने भएको छ। कानुनविद्सँग परामर्श गरेर कांग्रेसले कानुनी र राजनीतिक लडाइँ लड्ने तयारी गरेको हो।

पार्टी केन्द्रीय सदस्यले राजनीतिक मात्र नभएर कानुनी उपचारसमेत खोज्न नेतृत्वलाई सुझाएपछि कांग्रेस अदालत जाने तयारीमा जुटेको एक पदाधिकारीले जानकारी दिए। ‘विपक्षी दलको नेताको उपस्थितिबिना संवैधानिक परिषद्ले जुन निर्णय गरेको छ त्यसविरुद्ध हामी अदालत जान्छौं,’ एक नेताले भने, ‘त्यसको तयारी सुरुभइसक्यो।’

‘महाधिवेशन गरौ’
नेता रामचन्द्र पौडेलले २०७६ फागुनमा १४ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। महासमिति बैठकमा पेस गरेका उज्यालो भविश्यका लागि समयवबद्ध काम गरौं भन्ने प्रस्तावलाई सोमबारको केन्द्रीय समिति बैठकमा पौडेलले पुनः पेस गर्दै ०७६ फागुन ७ गते केन्द्रिय महाधिवेशन उद्घाटनका लागि प्रस्ताव अघि सारेका हुन्।

२०७८ सालमा हुने निर्वाचनको तयारीका लागि १४औं महाधिवेशन लगतै वैचारिक तथा संगठनात्मक निर्माणका लागि ०७७ साललाई तालिम दिने वर्षका रूपमा अघि बढाउने प्रस्ताव अघि सारेका छन्। ‘चुनावी मुद्दाको प्रचार र प्रशिक्षण, मतदाता नामावली थप्ने र उम्मेदवारको खोजी गर्ने आदि निर्वाचनमुखी आभियान देशव्यापी रूपमा सञ्चालन गर्ने छ,’ पौडेलले केन्द्रीय समितिमा पेस गरेको प्रस्तावमा भनिएको छ, ‘नयाँ विधानअनुसार निर्वाचन हुने पदहरूमा निर्वाचनबाटै पूर्ति गरिनु र चौधौँ महाधिवेशनबाट मात्र बाँकी पद पूर्ति गरियोस्।’

महाधिवेशन गर्न बाँकी भ्रातृ एवं शुभेच्छुक संस्थाको तत्काल अधिवेशन गर्नुपर्ने जनाउँदै पौडेलले,‘निष्पक्ष र निर्विवाद हुने गरी केन्द्रीय अनुशासन समिति र केन्द्रीय निर्वाचन समितिको गठन तत्काल सहमतिले गरियोस्।’ कम्युनिस्टहरूले नयाँ संविधानको परिकल्पनाअनुसार ‘समाजवाद उन्मुख राज्य स्थापना गर्न नसक्ने दाबी गरेका छन्। समाजवाद उन्मुख राज्यलाई कांग्रेसले मात्र साकार पार्नसक्ने जनाउँदै कम्यूनिष्टहरुले नेपाली युवा र विपन्न वर्गको मस्तिष्कमा छरेको भम्रहरु चिर्नुपर्ने जनाउँदै भनिएको छ, ‘स्वस्थ्य सैद्धान्तिक राजनीति अगाडि बढाउन कांग्रेसले देशलाई प्रजातान्त्रिक समाजवादको बहसमा उतार्ने र पुरानो समाजलाई नयाँ न्यायपूर्ण र अग्रगामी समाजतर्फ रूपान्तरणको नेतृत्व गर्नुपर्छ।’

कांग्रेसका युवा विद्यार्थीलाई आदर्श र मूल्यमान्यताको राजनीतितर्फ उन्मुख गराउन व्यापकरूपमा तालीम आवश्यकता रहेको आंैल्याउँदै सुशसासनको मुद्दा दृढतापूर्वक उठाउनुपर्ने जनाएका छन्।

प्रकाशित: १५ माघ २०७५ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App