८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारलाई असफल बनाउने षडयन्त्र भैइरहेको छ : उपप्रम पोखरेल

पोखरा- उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले मुलुकलाई आत्मनिर्भर नबनाएसम्म स्वाभिमानी बन्न नसकिने बताएका छन्। 

नेकपा गण्डकी प्रदेश पार्टी कमिटीद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले उत्पादन एवं उद्यमशिलताको विकासका माध्यमबाट आत्मनिर्भर बन्नतर्फ अग्रसर हुन कार्यकर्तालाई निर्देशन दिए। 

मुलुकमा सरकार र शासनसत्ता परिवर्तन भएको मात्र नभई प्रणालीमा नै परिवर्तन आएको बताउँदै नेता पोखरेलले परिवर्तनलाई आत्मसात गरी अघि बढ्नुको विकल्प नभएको बताए। परिवर्तित संरचना अनुरुप संविधानले व्यवस्था गरे अनुसार कानून निर्माणमा सरकार जुटेको उल्लेख गर्दै नेता पोखरेलले आवश्यक ३३९ कानूनमध्ये हालसम्म २६ वटा मात्र पारित गरिएको जानकारी दिए। 

हालसम्म लगभग ११६ कानून संसद्मा पेश गरिएको जानकारी दिँदै उनले संविधानअनुसार आगामी फागुन मसान्तसम्म कानून पारित गरिसक्नुपर्ने उल्लेख गरे। निर्वाचनमा जनता समक्ष व्यक्त गरिएका प्रतिबद्धता पाँच वर्षभित्र पूरा गर्ने कुरामा आफूहरू दृढ रहेको बताउँदै उनले त्यसका लागि पार्टी कार्यकर्ता सङ्गठित हुनुपर्नेमा जोड दिए। 

सरकारले गरेका राम्रा कामको प्रचार हुन नसकेको बताउँदै उनले पार्टी कार्यकर्ता सङ्गठित बन्दै यसको प्रचारप्रसार गनुपर्ने आवश्यकता औँल्याए। कानून नबनेका कारण जन अपेक्षा पूरा हुन नसकेको वास्तविकतामा सरकारलाई असफल बनाउने षडयन्त्र भैइरहेको बताउँदै नेता पोखरेलले षडयन्त्रलाई चिर्दै अघि बढ्नुको विकल्प नभएको धारणा राखे। 

सामाजिक सुरक्षाका क्षेत्रमा सरकार प्रतिबद्ध भएको बताउँदै उहाँले पाँचवर्षे कार्यकालमा ज्येष्ठ नागरिक भत्ता बढाएर रु पाँच हजार पु-याउने उल्लेख गरे। पार्टीको एकीकरणको काम तत्लो तहसम्म पुगिसकेको बताउँदै उनले सम्पूर्ण भातृसङ्गठन एवं शुभेच्छुक सङ्गठनका एकिकरण पनि चाँडै टुङ्गोमा पु-याइने जानकारी दिए।

प्रकाशित: १४ माघ २०७५ १५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App