७ वैशाख २०८१ शुक्रबार
राजनीति

राजनीतिक नाराले समृद्धि आउँदैन : मुख्यमन्त्री पौडैल

फाइल तस्बिर

रामेछाप - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राजनीतिक नाराले समृद्धि नआउने बताएका छन्। सोमबार जिल्ला प्रशासन कार्यालय रामेछापमा सरकारी कार्यालयका प्रमुखहरुसँगको भेटमा मन्त्री पौडेलले मुलुकको समृद्धिका लागि काम गर्नु पर्ने बेला आएको बताए।

समृद्धिको बाटोमा लम्किएर मुलुकमा परिवर्तन गर्ने हो भने यतिबेला सबैको सहकार्य अपरिहार्य रहेको पौडेलले बताए। कर्मचारीहरुहरुलाई समृद्धिका लागि मन देखि काम गर्न उत्प्रेरित गर्दै उनले भने 'इगो साँचेर र राजनीतिक प्रभावमा देखाउछु भनेर लाग्यो भने समस्या निम्तिन्छ। सरकारको पहिलो प्राथमिकता भनेको सुशासन कायम गराउने हो त्यसतर्फ कर्मचारी सचेत बन्न जरुरी छ।' मन्त्री पौडेलले कर्मचारीहरुलाई मुलुकको समृद्धि र विकासका लागि इमान्दारिताका साथ कर्तव्यनिष्ठ भइ जिम्मेवारी र दायित्वलाई बोध गर्दै  काम गर्न र त्यस किसिमको वातावरण तयार गरी लागि पर्न आग्रह समेत गरे।

प्रकाशित: १४ माघ २०७५ १०:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App