८ वैशाख २०८१ शनिबार
राजनीति

लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनमा : जोशी

ताप्लेजुङ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नबिन्द्रराज जोशीले सरकारल अलोकतान्त्रिक ढंगबाट चलिरहेकोले कांग्रेसले लोकतन्त्रको रक्षाका लागि प्रतिकारात्मक आन्दोलनको सुरुआत गरेको बताएका छन्। उनले संसदबाट सरकारले जबरजस्त पारित गरेको चिकित्सा शिक्षा बिधयेकमा डा.गोबिन्द केसीसंग गरेका सम्झौताको अक्षरस पालना बाहेक अरु बिषयमा भने बिमति नरहेको बताए।

नेपाली कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आर्थिक सुशासन र समृद्धिका बाटो पहिल्याउने उपायका बारेमा जानकारी दिन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर स्वर्णीम वाग्लेका साथ ताप्लेजुङ आईपुगेका नेता जोसीले संसदीय मर्यादा बिपरित सरकार चल्न थालेकोले सचेत ध्येयका साथ आन्दोलनमा उत्रनु परेको बताए। ‘संसदमा प्रधानमन्त्री आफैंले संसदीय सर्बोच्चता मान्छु भन्नहुन्छ,तर त्यहिँ संसदमा संसदीय मर्यादा बिपरित अधिनायकवादको शैलीमा बिधयेक पारित गरिन्छ’प्रेश युनियन ताप्लेजुङले सोमवार बिहान फुङ्लिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा जोशीले भने। उनले संसदीय सर्बोच्चता मान्ने हो भने वाईडवडी प्रकरणमा लेखा समितिले दिएको प्रतिबेदन अनुसार कारवाही प्रकृया अघि बढाउन सरकारलाई चुनौती दिएका छन्।

सरकारले लेखा समितिले दिएको प्रतिबेदन बिपरित वाइडवडी छानबिन आयोग गठन गरेर मिनी संसद मानिने लेखा समितिको प्रतिबेदन अस्वीकार्य ठानेर संसदीय सर्बोच्चता उल्लंघन गरेको आरोप पनि लगाए। सरकार ठीक ढंगबाट चल्न नसकेपछि कांग्रेसले त्यसका लागि खबरदारी गर्नुपरेको उनको भनाई थियो। जोशीले लोकतन्त्रवादीले मात्र सत्य कुरा गर्ने भन्दै संसद र अर्थबिद्हरुलाई समेत ढाँटेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनता झुक्याएको आरोप समेत लगाए। सरकार आफैंले प्रमाण नष्ट गराएर निर्मला पन्त हत्या प्रकरणको सत्यता पत्ता लगाउन आलटाल गरिरहेको उनको आरोप छ। नेता जोशीसंगै उपस्थित राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष वाग्लेले सरकारले जुन स्पीरिडमा आर्थिक समृद्धिको नारा लगाएको थियो,त्यो पूरा हुन नसकेको बताए। बर्तमान सरकारको बोली र व्यवहार ठीक उल्टो भएको उनले आरोप लगाए।

 

प्रकाशित: १४ माघ २०७५ ०८:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App