coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मालामाल नभएको दाबी गर्दै सांसदद्वारा भत्ता सुविधा बढाउन माग

काठमाडौं—नेपाली कांग्रेसका सांसद राम अयोध्याप्रसाद यादबले सांसदहरुको भत्ता सुविधा बढाउन माग गरेका छन्। मंगलबारको संसद बैठकमा बोल्दै उनले घरधनीले पत्रपत्रिकामा सांसदको तलब बढेको समाचार पढेर भाडा बढाएको भन्दै सांसदको तलब भत्ता बढाउन माग गरे।

‘आव २०७३/०७४ को बजेट वक्तव्यमा सांसदहरुको भत्ता बढ्यो। सांसदहरु मालामाल भए भनेर पढ्न पाइयो’, उनले भने, ‘२०५१/५२ को नियमावलीअनुसार अहिले हाम्रो घरभाडा भत्ता ६ हजार मात्र छ।’

‘आव २०७३/०७४ को बजेट वक्तव्यमा सांसदहरुको भत्ता बढ्यो। सांसदहरु मालामाल भए भनेर पढ्न पाइयो’, उनले भने, ‘२०५१/५२ को नियमावलीअनुसार अहिले हाम्रो घरभाडा भत्ता ६ हजार मात्र छ।’ सांसदको तलब बढेको समाचार पढेर घरधनीले भाडा बढाएको उनको भनाइ थियो।

‘५१/५२ सालमा नियमावली बनेर सांसदहरुको भत्ता ढाइएको थियो। २०—२१ वर्षपछि त्यही नियमावलीअनुसार घरभाडा भत्ता ६ हजार मात्र छ’, उनले भने, ‘पत्रपत्रिका पढेर घरधनीले ह्वात्तै भाडा २०–२५ हजार पुर्‍याइदियो। म आग्रह गर्छु नयाँ नियमावली बनाएर सांसदहरुको सुविधा भत्ता बढाउनु पर्‍यो। साउन महिनादेखि नै त्यसरी बढाएको सुविधा भत्ता पाउनु पर्‍यो।’

सांसद तलब भत्ताको सवालमा उनले मिडियाकर्मीलाई सही सूचना सम्प्रेषण गर्न आग्रह समेत गरे।

यसअघि कांग्रेस सांसद प्रेमकिशोर प्रसाद साहले पनि संसदमा बोल्दै सांसदको तलब भत्ता थोर भएकाले बढाउन माग गरेका थिए।

प्रकाशित: १८ आश्विन २०७३ १०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App