coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको बैठक स्थागित

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण संघीय संसदकाे राष्ट्रिय सभा बैठक १५ मिनेट सम्मका लागि स्थागित भएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिपक्षी दलका सांसदहरू आफ्नो आसनबाट उभिएको अवस्थामा संसदको कारवाही अगाडि बढाउन नसकिएको भन्दै १५ मिनेट सम्मका लागि बैठक स्थागित गरेका हुन्।

कांग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संघीय सरकार मातहत ल्याउन र डा. गोविन्द केसीको माग संबोधन गर्न माग गर्दै संसद अवरुद्ध गरेपछि बैठक स्थागित गरिएको हो।

प्रकाशित: १४ माघ २०७५ ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App