coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘अद्भुत तिवारी’

काठमाडौं – साहित्यकार भुवनहरि सिग्देलको संस्मरणात्मक कृति ‘अद्भुत तिवारी’ सार्वजनिक भएको छ। राजधानीमा लेखक सिग्देलका दुई नातिनीहरूले पुस्तक सार्वजनिक गरे। सार्वजनिक भएलगत्तै कवि रेशम विरहीले पुस्तकका विषयमा प्राध्यापक राजेन्द्र सुवेदी, साहित्यकार नारायण ढकाल, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र लेखक सिग्देलबीच अन्तरक्रिया गरे।

प्राध्यापक सुवेदीले सिग्देलले अरुको संस्मरणमा आफ्नो व्यक्तिगत कथालाई मिश्रण गरेर राम्रो पुस्तक तयार पारेकोमा बधाई दिए। उनले पुस्तकलाई गैरआख्यानात्मक औपन्यासिक कृति रहेको बताए। साहित्यकार ढकालले सिग्देलले काँठको साहित्यमा राम्रो छलाङ मारेको बताए। उनले आफु पूर्वी उपत्यकाको काँठ र सिग्देल पश्चिम काँठमा रहेको बताउँदै संस्करण कुनै उपन्यासभन्दा कमी नभएको दाबी गरे। निबन्धकार तथा पत्रकार सापकोटाले पुस्तकको रचना गर्भदेखि नै आफु परिचित रहेको जनाए।

लेखक सिग्देलले आफुले देखेका र बेहोरेका पात्रहरूसँगको सम्बन्धबाट संस्मरणात्मक कृति तयार पारेको बताउनुभयो। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो।

 

प्रकाशित: १४ माघ २०७५ ०५:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App