coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बुद्ध एयरको कुन गन्तव्यमा कति छूट ?

काठमाडौं– चाडपर्वमा यात्रा गर्नुपर्ने आम नेपालीलाई सहज पार्न बुद्ध एयरले विभिन्न गन्तव्यहरुको भाडामा भारी छूट दिएको जनाएको छ।

बुद्ध एयरले असोज १५ देखि सुरु गरेको उक्त छूट अफर असार २४ गतेसम्म टिकट लिने ग्राहकले प्राप्त गर्न सक्ने जनाएको छ।

विराटनगर–काठमाडौं, भद्रपुर–काठमाडौं, जनकपुर–काठमाडौं तथा नेपालगञ्ज–काठमाडौंको हवाई भाडादारमा विशेष छूट दिइएको बुद्ध एयरका मार्केटिङक विभागका वरिष्ठ कार्यकारी प्रबन्धक परासरजङ्ग पा“डेले बताए।

यस्ता कम भाडा दरका टिकट प्रत्येक उडानमा यात्रुको चापअनुसार फरक–फरक हुने पनि कम्पनीले जनाएको छ। दशैं छुटका टिकटहरु सीमित मात्रामा मात्रै बिक्री गरेको पनि उनले बताए ।

कति छूट ?

गन्तव्य                                अधिक्तम भाडा                  दशैं छुट
विराटनगर–काठमाडौं                  ५,९४०                               २,०००
भद्रपुर–काठमाडौं                        ७,२५०                              ३,२००
जनकपुर–काठमाडौं                     ३,५२०                              २,०००
नेपालगञ्ज–काठमाडौं                  ७,८१०                              ३,७००

प्रकाशित: १८ आश्विन २०७३ १०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App