coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नक्कली ‘सुन’ काराेबार आरोपमा महिला पक्राउ

अभियुक्त गंगा लिङ्देन लिम्बु गत पुस १९ गते धादिङको गुजरीबाट बरामद चार किलो नक्कली सुन। तस्बिर : जिल्ला प्रहरी कार्यालय, धादिङ

धादिङ - गत पुस १९ गते धादिङमा बरामद चार किलो नक्कली सुन बेच्न पठाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। धादिङ प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को संयुक्त टोलीले उक्त आरोपमा झापाको हल्दिबारी–१, स्थायी घर भएकी ३३ वर्षीया गंगा लिङ्देन लिम्बुलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो।

रसुवाको उत्तरगया गाउँपालिका वडा नं. २ का सञ्जित वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. ५ का सुरेन्द्र तामाङ र विकास तामाङलाई चार किलो नक्कली सुनसहित प्रहरीले धादिङको गजुरीबाट पक्राउ गरेको थियो। बा ८७ प ७७३१ र प्रदेश ३–०२–००३ प २५४० नम्बरको मोटरसाइकलमा आएका उनीहरूका साथबाट प्रहरीले चार थान सिमकार्डसहित मोबााइल पनि बरामद गरेको थियो।

उक्त नक्कली सुन बेच्न लिम्बुले नै धादिङ पठाएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ। राजधानीको चाबहिल चोकमा डेरा गरी बस्ने लिम्बु नक्कली सुन ओसारपोसारमा संलग्न रहेको विशेष सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा बानेश्वरनजिक सडकमा हिँडिरहेका बेला प्रहरीले लिम्बुलाई पक्राउ गरेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक(डिएसपी) श्यामकुमार महतोले जानकारी दिए। ‘प्रहरीको सक्रियतामा नक्कली सुनको भरिया बनाएर बेच्न युवक परिचालन गर्ने लिम्बुलाई पक्राउ गरिएको हो,’ डिसपी महतोले भने, ‘पक्राउ परेका लिम्बुलाई जिल्ला प्रहरी कार्यालय (धादिङ)मा ल्याई अनुसन्धान भइरहेको छ।’ प्रहरीका अनुसार अभियुक्त लिम्बुले प्रतिकिलो २० हजार रुपैयाँ कमिसन दिने सर्तमा सञ्जित वाइबालाई ४ किलो नक्कली सुन बेच्न पठाएको पाइएको प्रहरीको भनाइ छ। प्रहरीसँगको बयानमा वाइबाले आफूलाई दिदी (गंगा लिम्बु)ले सुन दिएको बताएका थिए। सोही आधारमा प्रहरीले लिम्बुलाई केही दिनदेखि पछ्याइरहेको थियो। यसै क्रममा उनलाई शुक्रबार काठमाडौंमा पक्राउ गर्न धादिङबाट खटिएको प्रहरी र सिआइबीको संयुक्त टोली सफल भएको हो।

झापाको हल्दिबारी–१,स्थायी घर भएकी ३३ वर्षीया गंगा लिङ्देन लिम्बुलाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।

घटनापछि प्रहरीले गत पुस २० गते पत्रकार सम्मेलन गरी ‘सुन’ बरामद भएको भनेर सार्वजनिक गरेको थियो। तर सोही दिन नै राजस्व अनुसन्धान विभागमा परीक्षणका लागि लगिएको थियो। विभागले परीक्षणका क्रममा उक्त धातु सुन नभई पित्तल र तामाबाट बनेको ढलोट भएको प्रमाणित गरेको थियो। त्यसपछि विभागले उक्त धातुसहित अभियुक्तहरूलाई इलाका प्रहरी कार्यालय (गजुरी)मै फिर्ता पठाएको थियो। उनीहरूविरुद्ध ठगी मुद्दा दर्ता गरिएको छ। अभियुक्तहरूले यसअघि पनि आफूहरुले नक्कली सुन नै कारोबार गर्ने गरेको बयान दिएका छन्।

प्रकाशित: १४ माघ २०७५ ०२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App