८ वैशाख २०८१ शनिबार
कला

थारु फिल्म भौँराको च्यारिटी सो दाङ र कैलालीमा पनि हुने

काठमाडौं- काठमाडौंपछि थारू फिल्म भौँराको च्यारिटी सो दाङ, बर्दिया र कैलालीमा हुने भएको छ। पश्चिमका थारुहरुको अत्याधिक मागपछि च्यारिटी सो गर्न लागिएको फिल्म निर्माता नन्दुराज चौधरीले जानकारी दिए।
उनका अनुसार असोज २१ गते कैलालीको होटल हाइवे, २२ गते दाङ घोराहीको भिङ्ला होटल र २३ गते दाङ देउखुरीको सत्यसाई सिनेमा हलमा च्यारिटी सो गर्न लागिएको हो।
फिल्मबाट उठेका रकमको केही प्रतिशत थारु विद्यार्थीको सहयोगका लागि खर्चिने निर्माता चौधरीले जानकारी दिए। 

चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुति रहेको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरितीहरुबारे देखाइएको छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि समेटिएको निर्माता चौधरीले जानकारी दिए।

'फिल्ममा थारु साँस्कृतिका अलवा थारु समुदायमा विद्यमान कमैया, कमलरी प्रथाजस्ता कूरीतिहरुबारे पनि देखाएका छौं,' उनले भने।

प्रकाशित: १८ आश्विन २०७३ ०९:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App