७ वैशाख २०८१ शुक्रबार
समाज

ग्यास सिलिण्डर पड्किएर आगलागी, १४ लाखको क्षति

इलाम– सदरमुकामको एक घरमा आगलागी हुँदा १४ लाख रुपैयाँबराबरको क्षति भएको छ। आइतबार बिहान करिब साढे ६ बजे इलाम नगरपालिका ७ मा मनबहादुर गुरुङले डेरा गरी बसेको घरमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगो लागेको हो। 

आगोले एक तल्ला पक्की र १ तल्ला टिनको छानो भएको घर जल्दा १४ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ। आगोले घरमा रहेको सुन, चाँदी, लत्ताकपडा, भाँडावर्तन सबै जलेर नष्ट भएको हो। स्थानीय, प्रहरी, सशस्त्र प्रहरीलगायतको सहयोगले १ घण्टापछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: १३ माघ २०७५ १३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App