८ वैशाख २०८१ शनिबार
राजनीति

भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। ललितपुरस्थित मेडिसिटी अस्पतालको सिसियु कक्षमा अधिकारीको उपचारमा संलग्न डा.रंजित शर्माले नागरिकसँग कुरागर्दै भने "हामीले नशाबाट औषधि दिइरहेका छौं। अवस्था राम्रो भन्न मिल्ने पनि छैन नराम्रो पनि छैन, स्थिर नै छ।"

चिकित्सकका अनुसार अधिकारीको मुख्य भल्भमा लिकेज रहेको छ जसले गर्दा उनको मुटु केही सुनिएको छ। सादा खाना खाईरहेका अधिकारी सामान्य बोलचाल गर्छन। अधिकारीलाई पहिलादेखि ब्रोनकाइटीस रहेको उनको उपचारमा संलग्न चिकित्सकको भनाइ छ।

पुस २३ गते अस्पतालमा भर्ना भएका अधिकारीको स्वास्थ्यमा सुधार भएपछि घर लगिएको थियो। घर लगेपछि उनको स्वास्थ्यमा पुनः समस्या देखिएपछि गत माघ २ गते अस्पताल भर्ना गरिएको हो।

सिसियु कक्षमा उपचारत अधिकारी। तस्बिर : दिनेश लुइटेल/नागरिक 

अधिकारीलाई भेट्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल,पूर्व मन्त्री बंशिधर मिश्र, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे लगायतका नेता अस्पताल गएपनि प्रधानमन्त्री केपी शर्मा ओली भने अधिकारीलाई भेट्न अस्पताल आइनसकेका अधिकारीका आफन्तले बताए। "प्रधामन्त्री देश बाहिर हुनुहुन्थ्यो उहाँलाई थाहा भयो भएन हामीले जानकारी पाएनौ तर उहाँ सम्म कुरा पुग्यो भन्ने सुनेका छौं अहिले सम्म चाहिं आइसक्नु भएको छैन।" 

प्रकाशित: १३ माघ २०७५ १३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App