८ वैशाख २०८१ शनिबार
खेल

क्रिकेटमा साहिद अफ्रिदीको रेकर्ड तोड्ने रोहित को हुन ?

युएईसँगको एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गरेपछि नेपालका रोहितकुमार पौडेल । तस्बिर : क्रिकेटिङनेपाल

काठमाडौं – युएईविरुद्ध एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्दै नेपालका युवा क्रिकेटर रोहितकुमार पौडेलले पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी र भारतका ब्याट्सम्यान सचिन तेन्दुल्करलाई पछि पार्दै नयाँ कीर्तिमान बनाए।

एक दिवसीयतर्फ अफ्रिदीले १६ वर्ष २ सय १७ दिन र टेस्टतर्फ भारतका सचिन तेन्दुल्करले १६ वर्ष २ सय १३ दिनमा अर्धशतकमा बनाएको कीर्तिमान थियो। रोहितले युइएमा जारी एकदिवसीय क्रिकेटको आफ्नो दोस्रो खेलमा घरेलु टोलीविरुद्ध १६ वर्ष १ सय ४६ दिनको उमेरमा अर्धशतक प्रहार गर्दै नयाँ कीर्तिमान बनाएका हुन्। उनले ५८ बलमा ७ चौका मद्दतमा ५५ रनको योगदान दिए। यो खेलमा नेपालले युएईलाई १ सय ४५ रनले पराजित गरेको थियो।

‘ट्यालेन्ट् हण्ट आयोजना गर्दा म रोहितको ब्याटिङबाट प्रभावित भएर ६० जनाको क्लोज क्याम्पमा राखेकाे हुँ,’ उनले थपे, ‘सानै उमेरमा रोहितको क्रिकेट मोह र क्रिकेट खेल्ने शैली अरुभन्दा अलिक भिन्न थियो। क्लाेज क्याम्पमा आएसँगै उसले दिन प्रतिदिन खेललाई निखार्दै लगे। त्यसपछि हामीले १५ जनाको टोलीमा उसलाई राख्यौं।’

अफ्रिदी र तेन्दुल्करको कीर्तिमान भङ्ग गरेसँगै रोहितको अहिले विश्वभरीनै चर्चा भइरहेको छ। यु–१९ युथ एसिया कपका लागि भैरहवामा भएको ट्यालेन्ट् हण्टबाट अन्डर १९ राष्ट्रिय टोलीमा स्थान बनाएका रोहितको दिन प्रतिदिन खेलको स्तर वृद्धि भइरहेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासले ट्यालेन्ट् हण्टबाट रोहितलाई क्लोज क्याम्पका लागि काठमाडौं ल्याएका थिए। त्यतिबेला रोहितसँगै अन्य ६० जनालाई क्लोज क्याम्पका लागि छनोट गरिएको थियो। काठमाडौं आएपछि रोहितले ६० जनाको क्याम्पबाट २४ हुँदै १५ जनाको टिममा स्थान बनाए।

रोहितबारे नागरिकसँग कुरा गर्दै पूर्व कप्तान दासले भने, ‘ट्यालेन्ट् हण्ट आयोजना गर्दा म रोहितको ब्याटिङबाट प्रभावित भएर ६० जनाको क्लोज क्याम्पमा राखेकाे हुँ,’ उनले थपे, ‘सानै उमेरमा रोहितको क्रिकेट मोह र क्रिकेट खेल्ने शैली अरुभन्दा अलिक भिन्न थियो। क्लाेज क्याम्पमा आएसँगै उसले दिन प्रतिदिन खेललाई निखार्दै लगे। त्यसपछि हामीले १५ जनाको टोलीमा उसलाई राख्यौं।’ सुरुमा ट्यालेन्ट् हण्टमा आउँदा रोहितको प्रदर्शन मध्यम रहेपनि विस्तारै खेललाई सुधार गर्दै लगेकाले आगामी दिनमा रोहितले राम्रो प्रदर्शन गर्ने र रोहितको क्रिकेटमा भविष्य देखेर आफूले रोहितलाई काठमाडौं बोलाएको उनले बताए।

रोहितसँगै युएई भ्रमणमा रहेका अन्य यु–१९ का खेलाडीको प्रदर्शन पनि राम्रो रहेको भन्दै धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाए उनीहरूले नेपाली क्रिकेटले उचाइलाई वृद्धि गर्ने विश्वास ब्यक्त गरे। अवस्था र टेक्निक प्रयोग गरेर ब्याटिङ गर्ने गरेकाले रोहितले यो सफलता हात पारेको दासको भनाई छ। पहिलो खेलमा रोहितले किन टोलीमा स्थान बनाउन सकेनन भन्ने प्रश्नमा दासले भने, ‘सधै टि–२० खेलिरहेका खेलाडीलाई ५० ओभरको खेल खेल्न गाह्रो हुन्छ। त्यसमा पनि विदेशी भूमिमा गएर खेल्दा उनीहरूले राम्रो प्रदर्शन गर्न सक्छन् भन्ने आश धेरै हुन्न। त्यसैले नयाँ खेलाडीले मौका नपाएका हुन्।’ रोहितले अझ राम्रो ट्रेनिङ र एक्सपोजर पाए भोलीका दिनमा खस्कदो नेपाली टोलीको ब्याटिङलाई उकास्ने बताए।

ट्यालेन्ट् हण्टमा जानुअघि रोहित बालुवाटार क्रिकेट एकेडेमीमा क्रिकेट सिकिरहेका थिए। एकेडेमीमा रहँदा रोहितलाई दाईले भैरहवामा यु–१९ युथ एसिया कपका लागि ट्यालेन्ट् हण्ट भइरहेको जानकारी दिएपछि रोहित भैरहवा गएर ट्यालेन्ट् हण्टमा सहभागि भएका थिए। रोहितको जन्म सन् २००२ सेप्टेम्बर २ मा नवलपरासीमा भएको थियो। रोहितका बुवा भुपु भारतीय सेना हुन्। रोहितले सन् २०१५ मा नेपालले पहिलोपटक टी–२० विश्वकप खेलेको टेलिभिजनमा हेरेका थिए। त्यसपछि उनमा क्रिकेट खेलाडी बन्ने मोह जाग्यो। उनलाई त्यतिबेला राष्ट्रिय टिमका कप्तान पारस खड्का जस्तै बन्न पाए हुन्थ्यो भन्ने रहर जाग्यो। अहिले पारससँग खेल्न पाउनु रोहितले ठूलो सफलता मानेका छन्।

परिवारबाट क्रिकेट खेल्न पूरै सर्पोट पाएका रोहितलाई क्रिकेटबाटै आफ्नाे पहिचान दिलाउने चाहाना छ।

रोहितले ड्युस बल खेल्न सुरु गरेको ४ वर्षमै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका थिए। रोहितका दाजु पनि क्रिकेट खेल्न मन पराउथे। उनीसँगै टेनिस बलमा खेलेर रोहितले क्रिकेट खेल्न सुरु गरे। क्रिकेटमा लगाब राखेको देखेर परिवारले सपोर्ट गरेपछि क्रिकेट सिक्न ४ वर्ष अगाडि रोहित काठमाडौं आए। काठमाडौं आएर रोहितले बालुवाटार क्रिकेट एकेडेमिबाट क्रिकेट खेल्न सुरु गरेका थिए। रोहितको पढाइले भने गति लिन सकेको छैन्।

सन् २०१६ मा ९ कक्षाको परिक्षा दिने बेला यु–१९ एसिया कप खेल्न गएपछि रोहितको पढाइ छुटेको छुट्यै छ। परिवारबाट क्रिकेट खेल्न पूरै सर्पोट पाएका रोहितलाई क्रिकेटबाटै आफ्नाे पहिचान दिलाउने चाहाना छ। रोहितलाई अहिले सामाजिक संजालमार्फत देश तथा विदेशबाट बधाई दिनको ओहिरो लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक संजालमार्फत उनलाई बधाई तथा शुभकामना दिएका छन्।

रोहित पहिलो एकदिवसीय खेलमा भने टिममा थिएनन्। जुन खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले प्लेइङ ११ मा एक परिवर्तन गर्दा रोहितले स्पिनर बसन्त रेग्मीको स्थान लिए। जुन खेलमा रोहित खरो रुपमा उत्रिए। ७ औं नम्बरमा ब्याटिङ गर्न आएका रोहितले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरे। यो प्रदर्शनसँगै रोहितलाई नेपाली क्रिकेटको भावी स्टारका रुपमा हेरिएका छन्। उनको आगमनले खस्कदो ब्याटिङलाई केही राहत दिएको छ। रोहितले नेदरल्याड्सविरुद्धको सिरिजको दोस्रो खेलमा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए।  

रोहितले घरेलु प्रतियोगितामा पनि राम्रो प्रदर्शन गर्दै आइरहेका छन्। आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत नामिबियाविरुद्धको खेलबाट पहिलो पटक राष्ट्रिय टोलीमा परेका रोहिललाई त्यतिबेला ब्याटिङ प्रशिक्षक सुलक्षण कुलकर्णीले डेब्यू क्याप दिएका थिए। सन् २०१६ को डिसेम्बरमा श्रीलंकामा भएको एसीसी युथ एसिया कप क्रिकेटमा रोहितले भारतविरुद्ध ६८ रनको अर्धशतकीय योगदान दिँदै राष्ट्रिय टिमका पर्ने सम्भावना बलियो बनाएका थिए।

रोहितले त्यतिबेला भारतविरुद्ध अन्तिम ओभरमा ३ चौका र २ छक्का प्रहार गर्दै एकै ओभरमा २४ रन प्रहार गरेका थिए। २४.४ ओभरमा नेपालको स्कोर ८६–६ हुँदा रोहित आठौं नम्बरमा क्रिजमा पुगेर उत्कृष्ट ब्याटिङ गरेका थिए। रोहित क्रिजमा गएपछि नेपालले पूरै ५० ओभर खेल खेल्न सफल भएको थियो। यो प्रतियोगितामा पनि रोहितले श्रीलंकाविरुद्धको पहिलो खेलमा टोलीमा स्थान बनाउन सकेका थिएनन्। तर, भारतसँगको दोस्रो खेलमा कमलसिंह ऐरीको स्थान खेलेका रोहितले अर्धशतक प्रहार गर्दै सबैलाई चकित बनाएका थिए। त्यसैगरी बंगलादेशविरुद्धको खेलमा पनि नेपाल २ विकेटले हार्दा रोहितले ४० रन प्रहार गरेका थिए। त्यस्तै जिम्वाबेमा सम्पन्न विश्पकप क्रिकेट छनोटमा हङकङविरुद्धको खेलमा ४८ रन प्रहार गर्दै नेपाललाई जिताउन महत्वपूर्ण भूमिका खेलेका रोहित सो खेलमा ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए।

यो खेलमा ६० रन बनाउँदा ४ विकेट गुमाइसकेको नेपालका लागि रोहितले सोमपाल कामीसँग मिलेर अविजित साझेदारी गरेका थिए। यो खेलमा नेपालले हङकङलाई पराजित गरेसँगै अफगानिस्तान सुपर ६ मा पुग्यो। त्यसैले अफगानिस्तान कप्तान अस्गर स्टानिकजाइले नेपालको ड्रेसिङ रुममै आएर रोहितलाई ब्याट उपहार दिएका थिए। घरेलु प्रतियोगितामा पनि राम्रो प्रदर्शन गर्दै आएका रोहित गतवर्ष काठमाडौंमा भएको एभरेस्ट प्रिमियर लिगमा भैरहवाबाट खेलेका उनले ‘मोस्ट भ्यालुएबल प्लेयर’ को उपाधि जितेका थिए।

प्रकाशित: १३ माघ २०७५ १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App