coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

६९ वर्षे हजुरआमाको एसईई सपना (भिडियो)

काठमाडौं– भक्तपुर गोठाटारकी ६९ वर्षीया युगमाया कार्की सानैदेखि स्कुल जान चाहन्थिन्। ओखलढुंगाको दुर्गम गाउँमा जन्मे/हुर्केकी युगमायाको घर नजिकै स्कुल थियो। तर छोरीलाई पढाउन हुन्न भन्ने सामाजिक मान्यताका कारण उनको स्कुल जाने रहर पुरा हुन सकेन। उनले धेरैपटक अभिभावकसंग आफूलाई स्कुल पठाउन अनुनय गरिन। तर उनको अनुरोध सुन्ने कोही भएन। दाजुभाई स्कुल जाँदा युगमाया भने घरधन्दा गरेर बस्नुपर्थ्यो। स्कुल पढ्न नपाएको कुरा उनको मनमा काँडा बनेर बिझिरह्यो। 

उमेर छँदा पढ्न नपाएपनि पढ्ने हुटहुटीले उनलाई बुढेसकालमा पनि अध्ययनका लागि प्रेरित गरेको छ। स्वास्थ्यले साथ दिए युगमाया यस वर्षको एसईई परीक्षा दिने सम्भवत सबैभन्दा पाको विद्यार्थी हुनेछिन्। ७ छोराकी आमा युगमाय काठमाडौँ तीनकुनेस्थित उत्प्रेरणा महिला माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्छिन्।

१४ वर्षको उमेरमै विहे गरेकी युगमायाको क ख रा सिक्ने रहर झन्डै ५० वर्षको उमेरमा आएर मात्र पुरा भयो। ‘छोराहरु हुर्किसकेका थिए। त्यसपछि गाउँमै प्रौढ शिक्षा पढ्न थाले। पछि छोराहरुले काठमाडौँ ल्याएपछि ३ कक्षामा भर्ना भए’, युगमायाले सुनाइन। पढ्दै जाँदा छोराहरुले पनि हौसला दिन थालेको उनले बताइन।

युगमायाको चाहना पढेर केही बन्ने भन्दा पनि आफ्नो ज्ञानको दायरा फराकिलो बनाउने हो। युगमायालाई एसीर्इई पछि पनि पढ्ने रहर छ। तर बुढेसकालमा शरीर अशक्त बन्दै जाँदा विभिन्न समस्या देखिँदा पढाई अघि बढाउन नसकिने हो कि भन्ने पीर छ उनको मनमा। ‘पढ्न थालेपछि मेरो आँखा खुलेका छन्। जबसम्म उमेरले साथ दिन्छ पढिरहन्छु।’ 

युगमाया जस्तै केही वर्षअघि ६८ वर्षीय वृद्ध दुर्गे कामी पनि एसईई परीक्षामा सहभागी भएका थिए। उमेर छँदा पढ्न नपाउने महिलामा कम्युनिस्ट नेता मोहन वैद्यकी पत्नी सुष्मा वैद्य पनि पर्छिन। उनले ५८ वर्षको उमेरमा ४ वर्षअघि प्रेरणा महिला विद्यालयबाट एसएलसी परीक्षा दिएकी थिइन। माथिका उदाहरणीय पात्र हेर्दा पहिले नेपाली समाजमा महिलाहरु निम्न वर्गमात्र होइन उच्च घरानाकाले पनि पढ्न पाउँदैनथे।

प्रकाशित: १३ माघ २०७५ ११:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App