७ वैशाख २०८१ शुक्रबार
समाज

वन्यजन्तु चोरीको आरोपमा २ जना पक्राउ

फाइल फाेटाे

रुकुम – वन्यजन्तु चोरी निकासीको आरोपमा रुकुम प्रहरीले २ जनालाई पक्राउ गरेको छ। जिल्लाको मुसिकोट नगरपालिका–३ माछमीबाट जंगली जनावर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रमोद कुमार क्षेत्रीले जानकारी दिए।

गाडीमा जंगली जनावर रतुवा राखेर लुकाई छिपाई ल्याउँदै गर्दा सल्यान डाँफेचौर गाउँपालिका–८ का ५२ वर्षीय तेजबहादुर केसी र दाङ बबई गाउँपालिका–६ का लिला डाँगीलाई पक्राउ गरिएको उनले बताए। उनीहरूले ना५ख ७९४ नम्बरको गाडीमा रतुवा लुकाएर ल्याउँदै गर्दा प्रहरीले फेला पारेको प्रहरी निरीक्षक क्षेत्रीको भनाई छ।

पक्राउ परेका दुवै जनालाई डिभिजन वन कार्यालय रुकुम (पश्चिम)मा बुजाइएको छ। वन कार्यालयको निर्देशन अनुसार आइतबार जिल्ला अदालतमा उपस्थिति गराएर उनीहरूलाई अहिले प्रहरी हिरासतमा राखीएको छ। वन कार्यालयले वन्यजन्तु चोरी निकासी सम्बन्धीको मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको डिभिजन वन अधिकृत मुकुन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार उनीहरू अदालतबाट दोषि ठहरीएका ६ महिनासम्म कैद र २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै  सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ। रतुवा बोकेर ल्याएको गाडी समेत वन कार्यालयले नियन्त्रणमा लिएको बताइएको छ।

प्रकाशित: १३ माघ २०७५ १२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App