कोलम्बियाको जनमत संग्रहमा शान्ति सम्झौता पक्षधर पराजित भएपछि सरकार र विद्रोहीले के भने?

मङ्गलबार, १८ असोज २०७३, १५ : ३४ नागरिक

0


बोगोटा- कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोसले (कोलम्बियाको विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया) फार्क विद्रोहीलाई नयाँ राष्ट्रिय वार्ताका लागि सोमबार आह्वान गरेका छन्।  

कोलम्बियाको विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क) सँग हालै सरकारले गरेको शान्ति सम्झौता गरेको थियो। सो सम्झौता स्वीकार्य छ वा छैन भन्ने विषयमा गत आइतबार सम्पन्न जनमत सङग्रहको विपक्षमा बहुमत परेपछि सो सम्झौताको भविष्य अन्योलमा परेको छ।

आधा शब्तादीदेखिको द्धन्द्ध अन्त्यका लागि फार्क र फार्कसँग भएको शान्ति सम्झौताका विपक्षमा रहेका दुवै पक्ष गम्भीर हुनु पर्ने राष्ट्रपति सान्तोसको आग्रह गरेका छन्।

फार्कसँग भएको सम्झौताको विपक्षमा बहुमत आएपछि टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति सान्तोसले भने, “युद्ध अन्त्य गर्ने हरेक कोलम्बियाली जनताको चाहना अनुसार जतिसक्दो चाडो आवश्यक मु्द्दा समाधानका लागि तत्काल वार्ता सुरु गर्न अनुरोध गर्दछु।”

जनमतबाट पराजित भएपछि उनले ५२ बर्ष लामो द्धन्द्ध अन्त्य गर्ने प्रयास जोगाई राख्न सवै पार्टीका नेताहरुसँग आपत्कालिन बैठक राखेका थिए।  

सम्बोधनका क्रममा दुखित देखिएका राष्ट्रपति सान्तोसले साझा धरातल उभिन र एकताबद्ध हुन पनि सवैलाई आह्वान गरे। “अहिलेका लागि त्यही नै सवैभन्दा महत्वपूर्ण छ”, उनले भने।

फार्कसँग हालै सरकारले गरेको शान्ति सम्झौता स्वीकार्य छ वा छैन भन्ने विषयमा आइतबार सम्पन्न जनमत सङग्रहको विपक्षमा बहुमत परेपछि सो सम्झौताको भविष्य अन्योलमा परेको छ।

जनमत सङ्ग्रहका लागि भएको मतदानमा ५२.२ प्रतिशत मतदाताले सम्झौताको विपक्षमा भोट हालेका छन् भने बाँकी ४९.८ प्रतिशतले भने यसको पक्षमै मतदान गरेको राष्ट्रिय नागरिक अभिलेख संस्थाको वेबसाइटले जनाएको छ।

जनमत सङ्ग्रह सुरु हुनुभन्दा केही हप्ता पहिलेदेखि नै “स्वीकार्य हुन्छ” भन्ने पक्षमा कमसेकम दुई तिहाई मत पक्कै आउँछ भन्ने व्यापक अड्कलवाजी गरिएकोमा झिनो (शून्य दशमलब ४ प्रतिशत) को अन्तरले “शान्ति सम्झौता स्वीकार्य छैन” भन्ने पक्षको विजय भए पनि अर्को पक्षधरलाई बेवास्ता गर्न नहुने आवाज उठिरहेको छ।

फार्क नेता टिमोलिओन जिमेनेजले भने क्युबाको राजधानी हवानाबाट एक सन्देश पठाउँदै जनमत सङ्ग्रहको परिणामले कोलम्बियामा युद्ध र रक्तपात चाहने विजयी भएको प्रतिक्रिया दिएका छन्।

युद्ध र रक्तपात पिपासुले सर्वसाधारण कोलम्बियाली आफ्नो प्रभावमा पारेको तथा परिवर्तनको पक्षधर बहूसङ्ख्यक जनसमुदाय उपर घृणा र द्वेष प्रकट गर्न खोजेको भन्ने उनको भनाइ छ।

राष्ट्रपति सान्तोषको अथक प्रयासमा गतः हप्ता हस्ताक्षरित भएको उक्त सम्झौता कार्यान्वयन गर्नुअघि जनताबाट अनुमोदित हुनुपर्ने प्रावधान राखिएअनुसार जनमत सङ्ग्रह सम्पन्न गरिएको हो।

५२ वर्षको गृहयुद्धपछि फार्क विद्रोहीले हतियार बिसाउँदै राजनीतिक प्रकियामा आउन सहमति जनाएका थिए। रासस/एएफपी







यसमा तपाईको मत


अन्य समाचार

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...