८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

फिलिपिन्सकाे चर्चमा विस्फोट, २७ को मृत्यु

तस्बिर : एजेन्सी

मनिला - फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ।

फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतबार बिहान एकैसाथ दुई विस्फोटन भएको जानकारी दिए। प्रहरी प्रमुख ओस्कार अल्बायाल्डेका अनुसार मृत्यु भएकामध्ये अधिकांश फिलिसिन्सका सैनिक रहेका छन्।

उनले विस्फोटनमा परी अरु ७७ जना घाइते भएका र उनीहरुको उपचार भइरहेको जानकारी दिए। दुवै विस्फोटन स्थानीय समयअनुसार विहान करिब सवा ८ बजेतिर दक्षिणी क्षेत्रको जोलो चर्चमा भएको बताइएको छ। उक्त चर्चमा एउटा बम बाहिर र अर्को चर्चभित्र गरी एक मिनेटको फरकमा दुई विस्फोट भएको थियाे। दुर्घटनामा परेकाहरुमा अधिकांश नियमित रुपमा चर्च जाने गरेकाहरु रहेका प्रहरीले जानकारी दिएको छ। “चर्चामा प्रार्थनाका बेला भएको विस्फोटनको हामी घोर भर्त्सना गर्दछौँ, सैन्य अधिकारीहरु र आम नागरिक मारिएका र घाइते भएका छन्, त्यो निकै दुःखद् छ,” फिलिपिन्सका रक्षा सचिव डल्फीन लोरेन्जानले भने। उनले घटनाका पीडितहरुलाई तत्काल राहत तथा उद्धारका लागि सहयोग गर्न पनि निर्देशन दिइएको बताए।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको र घटनाको विवरण सङ्कलन भइरहेकोले मृत्यु हुनेहरुको संख्या अझै बढ्नसक्ने अधिकारीहरुले जानकारी दिएका छन्। 

प्रकाशित: १३ माघ २०७५ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App