coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

फलफूलका बिरुवा वितरण

स्याउ र ओखरको बिरुवा लिँदै किसान। तस्बिर : नागरिक

रसुवा – रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको कृषि शाखाले कृषकलाई फलफूलको बिरुवा वितरण गरेको छ। गाउँपालिकालाई फलफूल खेतीमा आत्मनिर्भर बनाउनका लागि बिरुवा वितरण गरिएको हो। 

गाउँपालिकाको पाँचवटै वडाका कृषकलाई ७५ प्रतिशत अनुदानमा स्याउ र ओखरको बिरुवा वितरण गरिएको शाखाकी नायव प्राविधिक सहायक पूजा बुलुनले बताइन्। व्यावसायिक रूपमा ओखर तथा स्याउ उत्पादन गर्ने तथा आत्मनिर्भर बनाउनका लागि बिरुवा वितरण गरिएको उनको भनाइ छ। 

कृषकले दुई हजार नौ सय ओखर र दुई हजार स्याउको बिरुवा पाएका छन्। कृषकले एक सयदेखि एक हजारसम्म बिरुवा लगेका छन्। कृषकले ओखरको प्रतिबिरुवा साढे १२ रुपैयाँ र स्याउको प्रतिबिरुवा २५ रुपैयाँ बेहोरेका छन्। 

 

 

प्रकाशित: १३ माघ २०७५ ०५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App