८ वैशाख २०८१ शनिबार
राजनीति

नेविसंघद्वारा सरकार विरुद्ध प्रदर्शन, दर्जनौ नेता कार्यकर्ता पक्राउ

तस्बिर : दिनेश गोले/नागरिक

काठमाडौं – नेपाल विद्यार्थी संघले सरकारको पछिल्लो कदमको विरोध गर्दै राजधानी लगायत देशभरि प्रदर्शन गरिरहेका छ। यसै क्रममा नेविसंघले राजधानीको पशुपति बहुमुखी क्याम्पस अगाडी प्रधानमन्त्री केपी केपी ओलीको पुत्ला समेत दहन गरेकाे छ।

आइतवार विहानै उपत्यकाका पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस , ग्रामिण आदर्श क्याम्पस र एनआर  लगायतका कलेज अगाडी प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको नेविसंघका महामन्त्री कुन्दराज काफ्लेले बताए।प्रदर्शनकै क्रममा नेविसंघका नेता तथा कार्यकर्तालाई समेत प्रहरीले पक्रउ गरेको महामन्त्री काफ्लेले बताए। उपत्यकाका विभिन्न क्याम्पसहरुबाट पक्राउ पर्नेमा पवन थापा, सन्तोष गुरुङ, किरन भट्टराई, परोपकार अधिकारी, सुवास अधिकारी राजु अधिकारी, उत्तम पाठक, चन्द्र रावत, मात्रिका प्रसाद उपाध्याय, धन ब. शाही, दिपेन्द्र धकाल, सुशान्त सिटौला, बासुदेब अधिकारी शैलेष थापा लगायतका विद्यार्थी नेताहरु छन।

महामन्त्री काफ्लेले भने,'आइतवार विहानैदेखी काठमाडौं उपत्यका लगायत देशैभरिका क्याम्पस अगाडी प्रदर्शन गर्ने कार्यक्रम अन्र्तगत आज प्रदर्शन गरिएको हो।' साथै आइतवार नै राजधानीेको माईतीघर मण्डलामा भेला भई सरकारको पछिल्लो कदमको विरोध गर्ने कार्यक्रम रहेको बताए। 

उनका अनुसार प्राध्यापक डा. गोपन्दि केसीको अनशनको विषय, निर्मला प्रकरण, तथा काँग्रेसका नेताका नाममा खोलिएका अस्पताललाई सरकारले बेवास्ता गरेको विषयमा माईतीघरमा प्रदर्शन गर्न लागिएको बताएका छन। पछिल्लो समय सरकारले दुई तिहाईको दम्भ देखाउँदै मनपरि गर्न लागेको नेविसंघ टुलुटुलु हरेर नबस्ने महामन्त्री काफ्लेले स्पष्ट पारेका छन। यसअघि गत शुक्रबार प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएपछि नेपाली काँग्रेसका नेताहरुले अब सडक र सदनमा संघर्षलार्इ झनै चर्काउने धम्की दिएका छन्। शुक्रवारबाटै नेपाली काँग्रेसका भातृ संघठनहरुले देशभरी नै प्रदर्शन थालेका थिए। 

 

प्रकाशित: १३ माघ २०७५ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App