‘अब यस्तो कहिल्यै नहोस्’

आइतबार, १३ माघ २०७५, १० : १३ आदित्यमान श्रेष्ठ

इतिहास शिरोमणि बाबुराम आचार्यले एउटा किताब लेखेका छन्। त्यसको शीर्षक छ ‘अब यस्तो कहिल्यै नहोस्’। उनले यसमा बहादुर शाहको पालादेखि भएका दुर्घटना, हत्या, षड्यन्त्र आदि समेटेका छन्। उनको शीर्षकबाट नै के बुझिन्छ भने नेपालमा फेरि यस्ता रगतको खोलो नबगोस्। इतिहासमा जे भयो त्यो भयो। अब फेरि यस्ता दुःखद घटनाहरू हेर्न र देख्न नपरोस्। भनाइको तात्पर्य हो, नेपाली समाज र राज्य शान्तिपूर्वक चलोस्, अगाडि बढोस् र चिरस्थायी होओस्। हुन पनि हो बाबुराम आचार्यले जस्तै नेपाली जनताले चाहेको त्यही हो।

बाबुराम आचार्यको विवरणमा आज भन्दा २२२ वर्ष अगाडिको घटनालाई दर्साइएको छ। त्यसै वर्षमा बहादुर शाहको गुप्तरूपमा हत्या भयो। कालगतिले मृत्यु नभए पनि कालगतिले नै मृत्यु भएको हो भन्ने भान पारी बिहान उज्यालो नहुँदै पशुपति आर्यघाटमा यिनको दाहसंस्कार गरियो। यिनी त्यस बखत ३८ वर्ष जतिकोे जवानी उमेरमा थिए। पृथ्वीनारायण शाहको विस्तृत एकीकरण अभियानलाई यिनले पश्चिम नेपालमा फैलाएका थिए। उनको देहावसानबाट नेपालका एक सशक्त निर्माताको दुर्भाग्यपूर्ण क्षति भयो। नेपाल अधिराज्यको एक महत्वपूर्ण अभियान एकाएक रोकियो। बाबुराम आचार्य लेख्छन्— विजित प्रदेशहरूको प्रशासनिक व्यवस्था सुदृढ हुन पाएन। सैन्य व्यवस्था अस्तव्यस्त भयो। गढी गौडाहरू सबै जीर्ण शीर्ण अवस्थामा पुगे। यसको प्रतिफलपछि नेपालीहरू अङ्ग्रेजबाट पराजित हुन बाध्य भए। आफ्नो विस्तृत भूभाग सदाको निमित्त गुमाउन नेपाल विवश भयो। यस हत्याकाण्डपछि नेपालको राज्य व्यवस्थामा ठूलै आतङ्क फैलियो। नेपालको राजदरबारभित्र षड्यन्त्र र हत्याकाण्डहरूको अनियन्त्रित शृंखलाहरू चल्न थाले। नेपालीहरू अनेकौँ किसिमका विपत्तिहरूको सामना गर्न विवश हुँदै रहे।

त्यसपछि सन् १८०३ मा काजी दामोदर पाण्डेको हत्या भयो। अनेकौँ जोखिमपूर्ण लडाइँहरूमा भाग लिई जुन व्यक्तिले नेपाल अधिराज्यको एकीकरण दिलोज्यानले महत्वपूर्ण योगदान दिएको थियो त्यही व्यक्तिको देशभक्ति एवं स्वामीभक्तिलाई समेत उपेक्षा गरी दामोदर पाँडेजस्ता व्यक्तिको क्रुरतापूर्वक हत्या हुनु अमानुषिक र घृणित काम थियो। बाबुराम आचार्य भन्छन्— कमसेकम यिनका यशस्वी पिता काजी कालु पाण्डे र दाजु काजी वंशराज पाँडेहरूको राष्ट्रसेवाका अद्वितीय उदाहरणको सम्झना त यति बेला पनि अवश्य गरिनुपर्ने थियो। यिनी कैदमा नै हुँदा त्यहाँबाट भाग्ने मौका परेको थियो। तर तिनले भने— भागेर कहाँ जाने ? फिरङ्गीहरू हाम्रा शत्रु हुन्। तिनीहरूको शरणमा जानुभन्दा बरु यहीं मर्नु नै बेस हुने छ। हो, पाल्पामा पुग्न सकेमा त्यहाँका राजा पृथ्वीपाल सेन हाम्रो पक्षमा अवश्य आउनेछन्। पाल्पा तथा पर्वतदेखि गढवालसम्मका गढी गौडाहरूमा अधिकार कायम गर्न सम्भव हुनेछ। हाम्रो जीवन पनि सुरक्षित रहन सक्नेछ। तर यसो गर्दा मेरा पिता कालु पाँडे, दाजु वंशराज पाँडे र मैले आफैँले पनि प्राणको बाजी लगाई रगत पसिना गरी आर्जेको यो राष्ट्र जानाजान आफ्नै हातले दुई टुक्रा हुनेछ। यसको परिणाम कालान्तरमा समग्र नेपाल फिरङ्गीहरूको शिकार बन्न पुग्नेछ। भीमसेन थापाहरूको प्रबन्धअनुसार यिनलाई टाढा नलगी जुमडी नजिकको मसानघाटमा नृसंशकतापूर्वक कटाइयो।

यो घटनाको तीन वर्षपछि सन् १८०६ मा रणबहादुर शाहको असामयिक हत्या भयो। उनका विरोधीहरूको नाश गर्ने उद्देश्यले राति एउटा कचहरी बोलाइयो। त्यहाँ उनले केही व्यक्तिहरूमाथि सरकारी ढुकुटी हिनामिना गरेको दोषारोपण गरे। खासगरी तिनमा चौतरिया शेरबहादुर शाही र काजी नरसिंह गुरुङप्रति लक्षित रहेको थियो। यो थाहा पाएर शेरबहादुर शाही एक प्रकारले आतंकित र अनियन्त्रित भइसकेका थिए। उनी दुई पटक कोठाबाट बाहिर आएर पानी पिएका थिए। जब उनी कचहरी चलेको ठाउँमा पुगे उनले आफ्नो कम्मरमा भिरेको म्यानबाट तरवार स्वाट्ट तानेर रणबहादुर शाहमाथि प्रहार गरे। रणबहादुरको गर्दनमा नलागे पनि उनको पेटमा सो तरबार घुस्न गयो। यसै खलबलीमा शेरबहादुर शाहीलगायत कैँयन्को हत्या भयो। ३१ वर्षको अल्पायुमा रणबहादुर शाहको देहान्त भयो। बाबुराम आचार्य लेख्छन्— यस हत्याकाण्डबाट पुराना तत्कालीन भाइभारदारहरू प्रायः सबैको दमन भयो। भीमसेन थापा र यिनले बनाएका आला काँचा भारदारहरू मात्रै सत्तामा हाबी रहे। न योग्यताको कदर भयो, न अनुभवको नै। योगदानको पनि कुनै पुछ भएन। यसको प्रतिफल पछि सन् १८१४ मा अंग्रेजहरूसँग अनपेक्षित युद्ध भयो र नेपाल अधिराज्य आफ्नो अङ्गभङ्ग गर्न विवश भयो।

त्यसपछि सन् १८३९ मा भीमसेन थापाको आत्महत्या भयो। कम्मरमा भिरेको खुकुरीद्वारा निगरानीमा राखिएको कोठामा उनी आफ्नै हातबाट सेरिए। जुन नृशंसताको बाटो उनले देखाएका थिए उही दलदलमा उनी पनि स्वयं फँसे। उनको प्रशासनकालमा घटेको मुख्य राजनैतिक घटना नेपाल र अंग्रेजबीचमा भएको प्रसिद्ध नेपाल—अंग्रेज युद्ध थियो। बाबुराम आचार्य अनुसार उनी षड्यन्त्रका कुशल खेलाडी थिए। तर कूटनैतिक चातुर्यको कत्ति पनि अनुभव थिएन। अंग्रेजको राजनैतिक कपटपूर्ण नीतिहरूलाई उनले बुझ्न सकेका थिएनन्। एकातिर प्रशासनिक भ्रष्टाचार व्याप्त थियो भने पूर्वमा टिस्टा नदीदेखि पश्चिममा अलकनन्दापारसम्म फैलिएको भर्खरै एकीकरण गरिएको विशाल अधिराज्यको प्रशासन सुव्यवस्थित तुल्याई सम्पूर्ण देशवासीहरूलाई सुखी र समृद्ध तुल्याउने काम पनि ठूलो चुनौतीका रूपमा उपस्थित हुन आइपुगेको थियो। तर भीमसेन थापाले भने अहिलेसम्म आफ्नो र आफ्ना परिवारको शक्ति र स्रोतलाई सुदृढ पार्नमा नै आफ्नो सम्पूर्ण समय खर्चंदै आइरहेका थिए। राज्य व्यवस्थालाई दरिलो पार्ने काममा उनले खास ध्यान दिन सकिरहेका थिएनन्। आफ्नो प्रशासनकालमा उनले अनेकौँ महत्वपूर्ण व्यक्तिहरू र उनका परिवारहरूको निर्दयतापूर्वक हत्या गराई सर्वस्वसमेत अपहरण गरेर उनका असहाय छोरी बुहारीहरूलाई पोडेहरूका हातमा सुम्पिदिएका थिए। यति मात्र होइन, हत्याकाण्डमा मारिने सबै भाइ भारदारका लासहरू स्याल, कुकुर, गिद्दहरूद्वारा अमानुषिकरूपमा लुछाइदिएका थिए। यसता अमानवीय कामहरू गरी वास्तवमा उनले आफ्नो पतनको निमित्त खाडल आफैँले नै खनिसकेको देखिन्छ।

 नेपालमा यस प्रकारको षड्यन्त्र र हत्याको सिलसिला धेरै वर्षसम्म चल्दै रह्यो। मुख्तियार माथवरसिंह थापालाई झुक्याएर राति राजदरबारमा बोलाई उनको हत्या गरियो। सन् १८४६ मा कोत पर्व भयो जसमा सयौँ उच्च कर्मचारीहरूको निर्मम हत्या भयो। यसबाट  १०४ वर्ष सम्म राणाहरूको एकलौटी राज भयो। राणाकाल पनि षड्यन्त्र र रक्तपातका कथाहरूले भरिएका छन्। प्रधानमन्त्री रणोद्दीपसिंहको अमानुषिक हत्या यसको एउटा उदाहरण मात्र हो। यी ऐतिहासिक घटनाहरूको सिंहालोकन गरेर इतिहास शिरोमणि बाबुराम आचार्यले नेपालमा यसता दुर्घटनाहरू नहोओस् भनेर आफ्नो आकांक्षा प्रकट गरेका छन्। तर नेपालमा यस प्रकारका घटना दुर्घटनाहरू हुन छाडेका छैनन्। २००७ सालमा नेपालमा प्रजातान्त्रिक प्रणाली सुुरु भएपछि यस्ता दरबारिया षड्यन्त्रहरूको अन्त होला भन्ने सबैले आश गरेका थिए। तर सन् २००१ सालमा नारायणहिटी दरबार काण्ड भयो। राजा वीरेन्द्रका सबै परिवारको नाश भयो। यसलाई एक त्रासदीयुक्त दुर्घटनाका रूपमा लिइन्छ। प्रजातान्त्रिक युगमा जनताले आफ्नो गुनासो खुला रूपमा प्रकट गर्न पाउने भएकाले यस व्यवस्थामा हिंसाको अन्त्य हुन्छ भन्ने मान्यता रहेको थियो। तर यसै व्यवस्थाअन्तर्गत माआवादी युद्ध १० वर्षसम्म चल्यो र करिब १७ हजार नेपालीहरूको ज्यान गयो। त्यस पीडाबाट आजसम्म पनि हजारौँ नेपाली परिवारहरू दुःख मनाइरहेका छन्।

अहिले आएर नेपालमा एक सुव्यवस्थित संरचना बनेको छ। संविधान बनेको छ। निर्वाचन भएको छ। दुई तिहाइ समर्थन भएको सरकार बनेको छ। कम्युनिस्टहरू सत्तामा भए पनि सबै काम कुरो प्रजातान्त्रिक पद्धतिअनुसार भइरहेको छ। तर के नेपालको इतिहासमा जस्तो दुर्घटना अब हुँदैन भनेर कसैले भन्न सक्छ ? जनमानसमा नेपाल अझ पनि संक्रमित छ। यहाँ जे पनि हुन सक्छ भनेर जानकारहरू भन्दै छन्। नेपाली जनता कुन कुरामा ढुक्क हुने ? केही हुन्छ भनेर कि केही पनि हुन्न भनेर ?








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad