७ वैशाख २०८१ शुक्रबार
अर्थ

हिमपातका कारण सामाग्री आयात निर्यात ठप्प

चीनको केरुङमा हिउँ परेपछि रोकिएकाे कन्टेनर । तस्बिर : नागरिक

रसुवा – चीनको स्वशासित क्षेत्र तिब्बतको विभिन्न स्थानमा बाक्लो हिउँ परेपछि सामाग्री आयात तथा निर्यात ठप्प भएको छ। 

चीनको केरुङबाट सामाग्री बोकेर नेपाल आउन लागेका तथा केरुङ जान लागेको कन्टेनर बीच बाटोमै  रोकिएका छन्। माघ १० गते एक दिन शिल भएको भएपनि त्यसयता कुनै पनि गाडी शिल हुन नसकेको त्यहाँ रहेका व्यावसायी पुरुषोत्तम पौडेलले बताए।

‘माघ १० गते एक दिन पाँचवटा गाडीमा लोड भएको थियो, उनले भने, त्यसयता कुनै पनि गाडीमा लोड भएको छैन ।’ सामाग्री आयातका लागि डेड सय कन्टेनर लोड हुने तयारीमा रहेको उनको भनाइ छ । माथिबाट आउने गाडी झुङा तिरै रोकिएको छ भने नेपालबाट गएका कन्टेनर मुलाहडाँडामा प्रहरीले रोकेको छ । 

केरुङमा हिमपात भएपछि सवारीको आवागमन रोकिएको छ । हिमपातसँगै चिसो बढेपछि काम समेत गर्न नसकिएको उनको भनाइ छ । ‘दुई दिनदेखि निरन्तर हिउँ परिरहेको छ, उनले नागरिकसँग भने, सडकमा हिउँ जमेपछि सवारी सञ्चालन भएको छैन् ।’  जनवरी २९ देखि फेब्रुअरी २५ सम्म शिल लगाउने कार्य रोकिन्छ । त्यहाँ मनाइने ल्होसारको कारण सो अवधिमा काम नहुने बताइएको छ ।

प्रकाशित: १३ माघ २०७५ ०३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App