७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारको शैली प्रजातन्त्रको मूल्य मान्याताविपरीत : देउवा

सिन्धुलीको ग्वालटारमा भएको कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर : नागरिक

सिन्धुली - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार प्रजातन्त्रको मूल्य मान्यताविपरीत अगाडि बढेको आरोप लगाएका छन्। शुक्रबार संसदमा भएको घट्नाले कम्युनिस्ट सरकार अधिनायकवादतर्फ लागेको बताए।

‘सरकार संसदीय मर्यादाविपरीत गएको छ,’ सिन्धुलीको गोलञ्जोर गाँउपालिकास्थित ग्वालटारमा आयोजित नेपाली कांग्रेसका योद्धा स्व. बाबुराम बरालको शालिक अनावरण कार्यक्रममा बोल्दै गर्दै पूर्वप्रधानमन्त्री देउवाले केपी ओली सरकार हत्या हिंसातर्फ लागेको भन्दै डा. गोविन्द केसीको माग जाहेज भएको बताए। सरकारले प्रजातन्त्रको मूल्य मान्यता कुल्चदै अघि बढेको भन्दै सभापति देउवाले सरकारले अधिनायकवाद लादेर विधेयक पास गरेको दाबी गरे। सरकार आफैँ हत्या, बलात्कार जस्ता जघन्य अपराध बचाउनतर्फ लागेको भन्दै निर्मला पन्तलाई न्याय दिन नसकेकोप्रति आपत्ति जनाए। ‘यो सरकार आएदेखि नै हत्याहिंसा बढेको छ,’ उनले भने, ‘काग्रेसले अब सदनबाट मात्र नभएर सडकमै आन्दोलन गर्छ।’ सभापति देउवाले चिकित्साशास्त्र विधेयक सरकारले सदनबाट जबर्जस्ती पास गरेको भन्दै कांग्रेस त्यसको विरुद्ध लाग्ने बताए। गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा भएका अस्पतालाई संघको माताहतबाट हटाउने निर्णय भए सदन र सडक ठप्पै पार्ने देउवाले चेतावनी दिए।

यस्तै सोही कार्यक्रममा कांग्रेस महामन्त्री सशांक कोइरालाले सरकारले अधिनायकवाद लादेर एकलौटी किसिमले स्वास्थ्य विधेयक पास गरेको बताए। ‘सरकारको अधिनायकवादी शैलीले सीमा नाघेको छ,’ उनले भने, ‘कांग्रेस कमजोर छैन, हाम्रो शक्ति अहिले पनि छ। कांग्रेसले युद्ध मात्रै गर्दैन,’। महामन्त्री कोइरालाले परिवर्तनको वाहकको भूमिका कांग्रेसले नै निभाएको इतिहास साक्षी रहेको बताए। २००७ मा रहस्यमय ढंगले मारिएका क्रान्तियोद्धा बाबुराम बराललाई नागरिकस्तरमा नै शहिद घोषणा गरी ग्वालटार, कोल्चौरीमा शालिक स्थापना गरिएको हो। गोलञ्जोर गाउँपालिकाको पहलमा ग्वालटारमा स्थापना गरिएको अर्धकदको शालिकको कांग्रेसका सभापति देउवासहित केन्द्रीयस्तरका नेताहरूले सामूहिकरूपमा अनावरण गरेका थिए। गाउँपालिकाको करिब १८ लाख रुपैयाँ सहयोगमा शालिकसहित बगैंचा स्थापना गरिएको थियो।

सिन्धुलीको ग्वालटारमा भएको कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। तस्बिर ः नागरिक नेपाल समूह ६७ हेटौंडाको १९ औं वार्षिक साधारणसभामा सहभागी प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठलगायत। तस्बिर ः अशोकसुजन÷नागरिक

प्रकाशित: १३ माघ २०७५ ०१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App