coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

अमेरिकाको न्यूजर्जी सिटी र ईन्द्रावती गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम

तस्बिर : हाेमप्रसाद/अमेरिका

अमेरिका - अमेरिकाको न्यूजर्जी सिटी र नेपालको सिन्धुपाल्चोकस्थित ईन्द्रावती गाँउपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ। शनिबार अमेरिकाको जर्जी सिटीद्वारा आयोजित विशेष कार्यक्रममा जर्जी सिटीका मेयर स्टेभेन एम फुलोप र ईन्द्रावती गाउँपाकाका अध्यक्ष वंशलाल तामाडले भगिनी सम्बन्ध सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

जर्जी सिटीका मेयरका सल्लाहकार डा विष्णुमाया परियारको पहल र अगुवाईमा नेपालको गाउँपालिकासंग अमेरिकाको सिटीले भगिनी सम्बन्ध कायम गर्न सफल भएको हो। 'विगत एक बर्ष भन्दा बढी समयदेखि निरन्तरको प्रयास आज सफल भएकोमा म खुसी छु', मेयरका सल्लाहकार डा परियारले भनिन 'अब नेपालको स्थानीय निकायसंग अमेरिकी स्थानीय निकायले सहकार्य गर्ने बाटो खुलेको छ।'

पहिलो प्रयास सफल भएको छ अब अमेरिकाको स्थानीय निकायलाई नेपालको अन्य स्थानीय निकायसंग भगिनी सम्बन्ध स्थापनाको लागि थप पहल गरिने उनले नागरिकसँग बताईन। अमेरिका र नेपालको गाउँपालिकासंग यसरी भगिनीसम्बन्ध कायम भएको यो पहिलो गाउँपालिका हो। यसरी भगिनी सम्बन्ध कायम भएपछि अब नेपालको झण्डा जर्जी सिटीको एक्सचेन्ज प्लेसमा राखिने भएको छ।

सहमति पत्रमा हस्ताक्षर गर्दै जर्जी सिटीका मेयर स्टेभनले आफुले औपचारिक रुपमा नेपालको गाउँपालिकासंग शिक्षा, विकास निर्माणलगायत विषयमा साझेदारी गर्न पाएकोमा खुसी व्यक्त गर्दै सक्दो सहयोगको प्रतिवद्धता व्यक्त गरे। सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै ईन्द्रावती गाउँपालिकाका अध्यक्ष तामाडले नेपालको स्थानीय निकायसंग अमेरिकी स्थानीय निकायले सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै यस्तो कार्यको थालनीबाट नेपालले शिक्षा, सांस्कृतिक र विकासमा ठुलो टेवा पुग्ने आशा व्यक्त गरे। 

प्रकाशित: १२ माघ २०७५ १६:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App