coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपालको सुरक्षा नीति आधुनिकीकरण गर्न आवश्यकः रक्षामन्त्री खाँड

भक्तपुर– रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेना र नेपालको सुरक्षा नीतिलाई आधुनिकीकरण गर्नुपर्ने खाँचो औंल्याएका छन्। त्यसका लागि सरकार लागिपरेको मन्त्री खाँडले बताए।

विगतको सरकारको पालोमा तय गरेको सुरक्षा नीति अपुरो रहेको बताए। रफत सञ्चार क्लबमा बोल्दै उनले सुरक्षा नीति परिमार्जनको तयारी भइरहेको उनले बताए।

उनले विगतमा नेपालको सुरक्षा नीतिकाबारे ब्यापक छलफल नभई आएकाले अपुरो रहेको बताए। देशको सुरक्षा अवस्थालाई मजबुद पार्न सुरक्षा नीतिको परिमार्जनको तयारी भइरहेको उनको कथन थियो। नेपालको सुरक्षा अवस्था मजबुद रहेता पनि भैपरी आउनसक्ने राष्ट्रिय खतरातर्फसचेत रहँदै प्रतिरक्षा नीति निर्माण गर्न आवश्यक रहेको उनले बताए।

उनले सार्क फोरमकै मूलुक माझ द्वन्द्व बढेको सन्दर्भमा नेपाल सार्कमूलकको अध्यक्षको नाताले द्वन्द्वको अन्त्य गर्दै शीघ्र सार्क सम्मेलन गर्न नेपाल सरकार प्रयासरत रहेको बताए।

उनले नेपाली भूमि कुनै पनि मूलुककोबिरुद्ध प्रयोग गर्न नदिने र कुनै पनि आतंककारी गतिबिधिलाई नियन्त्रण गर्न नेपाली सुरक्षा सजग रहेकोसमत बताए। मुलुक संघीय स्वरुपमा गइसकेको अवस्थामा नेपाली सेनाले आफूलाई संघीय ढाँचाअनुसार पुर्नसंरचना गर्ने कार्यलाई तीव्रता दिइरहेको उनले बताए।

काँग्रेसले राज्यमन्त्री पठाउन छलफल जारी राखेको भन्दै उनले अवको केही दिनमै यसले पूर्णता पाउने बताए। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बिषयमा बाहिर भएको टीकाटिप्पणी निराधार र गलत रहेको भन्दै उनले नेपालको हित विपरीत कुनै काम नगरेको उनको दावी थियो।  
 

प्रकाशित: १८ आश्विन २०७३ ०८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App