काठमाडाैं - नेपालका रोहित कुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। युएई विरुद्ध जारी एकदिवसीय श्रृङ्खला अन्तर्गतको दोश्रो खेलमा उनले ५८ बलमा ५५ रन बनाउँदै रेकर्ड आफ्नो नाममा राखेका हुन्।
उनले पाकिस्तानका शाहिद अफ्रिदीको नाममा रहेको करिब २३ वर्ष पुरानो रेकर्ड आफ्नो नाममा लेखाएका हुन्। रोहितले १६ वर्ष १ सय ४६ दिनको उमेरमा रेकर्ड कायम गरेका छन् भने अफ्रिदीले उक्त रेकर्ड १६ वर्ष २ सय १७ दिनको उमेरमा बनाएका थिए।
प्रकाशित: १२ माघ २०७५ १०:५४ शनिबार