coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भारतीय राजदूतावासले मनायाे ७० औं गणतन्त्र दिवस (फाेटाे फिचर)

काठमाडाैं - भारतको ७० औं गणतन्त्र दिवसका अवसरमा भारतीय राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरेको छ। नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितीमा भारतीय राजदूत मंजिव सिंह पुरीले गणतन्त्र दिवसका अवसरमा भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्नुका साथै भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाए।

सो अवसरमा राजदूत पुरीले २ वीर नारी, ९ एकल महिला तथा ३ मृतक सैनिकका निकटतम नातेदारलाई ७ करोड २६ लाख रुपैयाँ प्रदान गरे। यस्तै राजदूत पुरीले नेपालका विभिन्न जिल्लाका अस्पताल, गैरनाफामुलक संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स तथा ६ वटा बसको साँचो प्रदान गरे। सन् १९९४ यता भारत सरकारले स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहुँच विस्तार गर्न नेपालका विभिन्न संस्थाहरुलाई ७२२ एम्बुलेन्स र १४२ बस प्रदान गरिसकेको छ। राजदूतावासले नेपालका दुर्गम भेगका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउनका निमित्त नेपालका ५४ शैक्षिक संस्था तथा पुस्तकालयहरुलाई पाठ्यपुस्तक अनुदान स्वरूप प्रदान गर्ने घोषणा समेत गर्यो।

गणतन्त्रका अवसरमा आयोजना गरिएको कार्यक्रममा १५ सय बढी भारतीय नागरिक तथा अतिथिहरुको उपस्थिती रहेको थियो। सो अवसरमा केन्द्रीय विद्यालय, मोडर्न इन्डियन स्कुल तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंका विद्यार्थीहरुले देशभक्ति गीतहरु प्रस्तुत गरेका थिए भने नेपाली सेनाकाे ब्यान्डले समेत प्रस्तुती दिएको थियो।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App