coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चट्याङले लियो चार जनाको ज्यान

पाल्पामा परेको चट्याङ। फाइल तस्बिर/नागरिक

काठमाडौँ-हिजो सोमबार बर्षासँगै परेको चट्याङ लागेर चार जनाको ज्यान गएको छ।

प्युठान नारीकोट–७ का ६० बर्षीया धनकला खड्का र बादीकोट–७ मुलपानीका २६ बर्षीया बिना जि.सी.को चट्याङ लागेर मृत्यु भएको छ।

घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल बिजुवार लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङ लागेर सोही ठाउँ बस्ने २५ बर्षीया मधु थापा र १४ बर्षीय आकाश थापा घाइते छन्।

पाँचथर जिल्ला मेमेङ–८ बस्ने गजेन्द्र माङबोको ५ बर्षीय छोरा अमित माङबोको आफ्नै घरमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।

सोमबार परेको चट्याङ लागेर सोलुखुम्बु तिङला–२ का दिल बहादुर खड्काको १३ बर्षीया छोरी निर्मला खड्काको घरमै खेलिरहेको अवस्थामा मृत्यु भएको छ। ४५ बर्षीया उनकी श्रीमती सोभितमाया खड्का र २३ बर्षीया छोरी तोला खड्का छाइते छन्। घाइते उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल फाप्लुमा लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ आश्विन २०७३ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App