४ वैशाख २०८१ मंगलबार
राजनीति

नेपाल भारतबीचको सम्बन्ध प्रगाढ : राजदूत पुरी

काठमाडौं, ११ माघ (नागरिक)– नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल–भारत जनस्तरको सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताएका छन्। विश्वका अरू कुनै दुई देशबीच यस किसिमको प्रगाढ सम्बन्ध नरहेको चर्चा गर्दै उनले यस किसिमको द्विपक्षीय सम्बन्ध प्राचीनकालदेखि रहेको उल्लेख गरे।

भारतको ७०औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा बोल्दै राजदूत पुरीले दुई देशबीचको सम्बन्ध थप सुमधुर र प्रगाढ बनाउन अर्थ व्यवस्था पनि सुदृढ बनाउनुपर्नेमा जोड दिए। वीरगन्ज–रक्सौलमा हालै सञ्चालनमा आएको ‘इन्ट्रिगे्रटेड चेक पोस्ट’ले वस्तु तथा सामग्री आदानप्रदानमा ठूलो सहयोग पुगेको उनले जानकारी दिए। उनले पछिल्लो समय भारत–नेपाल बस सेवा पनि अत्यन्तै प्रभावकारी रूपमा सञ्चालनमा आएको उल्लेख गरे। काठमाडौं–दिल्ली मात्रै नभएर अहिले काठमाडौं–बोत्रगया, जनकपुर–अयोध्या, जनकपुर–पटना, नेपालगन्ज–लखनउलगायत सीधा बस सेवा सञ्चालनमा रहेको बताउँदै उनले भने, ‘अहिले आउने–जाने दुवै बस भरिभराउ हुने गरेका छन्। बसको टिकट पनि अग्रिम बुकिङ गर्नुपर्ने अवस्था छ।’

नेपाल–भारत द्विपक्षीय सम्बन्धको केन्द्रबिन्दु नै जनता–जनताबीचको सम्बन्ध रहेको भन्दै आगामी फेब्रुअरीको अन्तिमबाट सुरु भएर मार्चभरि काठमाडौं र नेपालका अन्य सहरहरूमा ठूलो सांस्कृतिक महोत्सव आयोजना लागिएको पनि उनले जानकारी गराए।

प्रकाशित: १२ माघ २०७५ ०२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App