coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णाली प्रदेशका दुई जिल्लाका नागरिकलाई हवाई टिकटमा छुट

सुर्खेत - प्रदेश सरकारले राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका कर्णालीका हुम्ला र डोल्पाका ६० वर्षमाथिका जेष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरुका लागि हवाई भाडामा सहुलियत प्रदान गर्न सुरु गरेको छ। उद्योग, पर्यटन, वन तथा वातावण मन्त्रालयले जेष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रति टिकट एक हजार रुपैयाँ सहुलियत दिन सुरु गरेको हो।

‘प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएअनुसार डोल्पा र हुम्लाका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई हवाई भाडामा एक हजार रुपैयाँ छुट दिन सुरु गरिएको छ’ मन्त्री नन्दसिंह बुढाले भने, ‘चालू आर्थिक वर्षका लागि हवाई भाडामा छुट दिन एक करोड रुपैयाँ छुट्याएका छौं।’ कर्णाली प्रदेशको डोल्पा अघिल्लो महिनामात्रै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ भने हुम्लामा अझै गाडी पुगेको छैन्।

प्रदेश सरकारले नीति तथा कार्यक्रममै यी दुई जिल्लाका नागरिकहरुलाई हवाई भाडामा सहुलियत दिनुका साथै प्रदेश राजधानी वीरेन्द्रनगरबाट कर्णालीका पहाडी जिल्लाहरुमा उडान भर्ने हवाई जहाजलाई इन्धनमा सहुलियत दिने घोषणा गरेको थियो।  

प्रकाशित: ११ माघ २०७५ १४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App