६ वैशाख २०८१ बिहीबार
समाज

भारतबाट अपहरित बालकको रौतहट प्रहरीद्वारा उद्धार

अपहरणमा परेका बालक उद्धारपछि। तस्बिर : मदन/नागरिक

रौतहट - चार दिन अघि भारतबाट अपहरणमा परेका एक बालकको रौतहट प्रहरीले सकुशल उद्धार गरेकाे छ। प्रहरीले एक अपहरणकारीलाई समेत पक्राउ गरेकाे छ।

भारतको पूर्वी चम्पारण जिल्लाको रमगढवा ग्राम पञ्चायतको बबुलाटोलबाट गत सोमबार अपहरणमा परेका एक ५ वर्षीय बालकको रौतहटको मौलापुर नगरपालिकामा राखिरहेको अवस्थामा रौतहट प्रहरीले शुक्रवार उद्धार गरी भारतीय प्रहरीको रोहवरमा पीडित परिवारको जिम्मा लगाएको छ।

भारतीय अपहरणकारीले रमगढवाका अवधेश गिरीका ५ वर्षीय छोरा अभिजित गिरीलाई अपहरण गरी रौतहटको मौलापुर नगरपालिका ७ सरैयाटोलका बिन्दा साह कानुको घरमा लुकाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले कानुको घरलाई घेरा हालेर बालकलाई सकुशल उद्धार गराउन सफल भएको रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालले बताए।

अपहरित बालकलाई आश्रय स्थल दिने सरैयाका विन्दालाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकाे एसपी ढकालले बताए।

 

प्रकाशित: ११ माघ २०७५ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App