८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सडकमा पोर्न फिल्म चलेपछि

जाकार्ता– इन्डोनेसियाको राजधानी जाकार्ताको सडकमा हिडिरहेका मानिस अचानक हैरान भए जब इलेक्ट्रोनिक डिस्प्ले बोर्डमा पोर्न फिल्म चल्न थाल्यो। त्यो पनि यस्तो ठाउँमा जहाँ सहरका मेयरको निवास थियो।

बोर्डमा अचानक पोर्न फिल्म चलेको देखेपछि हिडिरहेका यात्रु रोकिएर हेर्न थाले । सडकामा ट्राफिक जाम बढ्यो । यसले जाकार्ताको दैनिक धेरै बिगार्न भने पाएन। फिल्म ५ मिनेट मात्र के चलेको थियो बत्ति गयो । मजा मानेर पोर्न फिल्म हेरिरहेका सबै आ–आफ्नो बाटो लागे ।  तर यही कारणले जाकार्तामा भने सनसनी मच्चिएको छ । दीषण जाकार्ताका जन सूचना अधिकारी एडी विर्यानो लिस्टोरीले घटना गम्भीर भएको बताएका छन्।

स्थानीय मिडियाहरुले सम्प्रेषण गरेको सूचना अनुसार लिस्टोरीले  घटना कसरी घट्यो भन्ने विषयमा आफूलाई अहिलेसम्म पूरा जानकारी आइनसकेको बताएकी छिन् । उनले पुलिसले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जवाफ दिएकी छिन् । डिस्प्ले बोर्ड नीजि कम्पनीले राखेको र त्यो ह्याक भएको हुन सक्ने अनुमान गरिएको छ ।

मिडियामा यो खबर सार्वजनिक भएसँगै ट्वीटेहरु ट्वीटरमा सक्रिय भएका थिए । ट्वीटेहरुले डिस्प्ले बोर्डमा पोर्न फिल्म चल्नु दुर्भाग्यपूर्ण भएको बताउँदै ह्याकरलाई मर्यादित हुन आग्रह गरेका थिए । हालका दिनमा उचित परमिट र लाइसेन्स नभएको भन्दै सरकारले ५० भन्दा बढी बोर्ड हटाएको थियो ।

प्रकाशित: १८ आश्विन २०७३ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App