८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : डा. केसी

काठमाडाैं - १६ औं पटक सत्याग्रहमा रहेका डा.गोविन्द केसीले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्। सरकारले आज (शुक्रबार) संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरेपछि पत्रकार सम्मेलन गर्दै डा केसीले आफैले गराएको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्युत भएका प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने बताएका हुन्। उनले भने 'आफैंले गराएको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्युत तथा आफ्नै विगतको निर्णयबाट विचलित प्रधानमन्त्री केपी शर्मा ओलीबाट तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ।'

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था उनले लिइरहेको औषधिका कारण प्रभावित भएको र त्यसको मूल्य राष्ट्रले चुकाइरहनु परेको डा. केसीले बताए। सरकारले जबरजस्ती र जालझेल गरि विधेयक पारित गरेकोमा उनले आपत्ती जनाउँदै यसले तीन करोड नागरिककको गुणस्तरीय र  सर्वसुलभ सेवा पाउने अधिकार भन्दा बढी महत्व पार्टीसँग साँठगाँठ भएका अमुक मेडिकल कलेजको स्वार्थलाई दिएको पुष्टि भएको बताए।

डा केसीले आफ्नो सत्याग्रह जारी रहने बताउँदै यस अभियानमा संलग्नलाई गिरफ्तार गरिएकोमा आपत्ती जनाए। उनले पक्राउ परेकालाई तत्काल रिहा गर्न तथा आफ्नो सत्याग्रह अभियानलाई साथ दिन सम्पूर्ण नेपाली जनतामा आग्रह समेत गरे।

 

प्रकाशित: ११ माघ २०७५ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App