५ वैशाख २०८१ बुधबार
अर्थ

ठमेल पर्यटन विकास परिषदको निर्वाचन स्थगित

काठमाडौं– ठमेल पर्यटन विकास परिषदको निर्वाचन स्थगित भएको छ। परिषदको पुस २७ गते बसेको बैठकले माघ १६ गते गर्ने भनिएको २३ औं र २४ औं वार्षिक साधारणसभा तथा कार्यकारिणी समितिको निर्वाचन अनिश्चितकालका लागि  स्थगित भएको हो।  
 
परिषदका महासचिव भविश्वर शर्माद्वारा शुक्रवार जारी विज्ञप्तिमा तयारी नपुगेको भन्दै माघ १६ गते तोकिएको साधारण सभा तथा निर्वाचन अर्काे निर्णय नभएसम्मलाई स्थगित गरेको उल्लेख छ। निर्वाचन स्थगित गर्ने निर्णय आजै बसेको कार्यसमितिको बहुमतले गरेको हो।  

प्रकाशित: ११ माघ २०७५ ११:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App