coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बलपूर्वक विधेयक पारित गरेकाे विराेधमा नेविसंघकाे प्रदर्शन, नेता कार्यकर्ता पक्राउ

काठमाडाैं - सरकारले संसदबाट बलपूर्वक राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेकाे विराेधमा नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडाैंका विभिन्न स्थानमा विराेध प्रदर्शन थालेकाे छ। प्रदर्शनका क्रममा संघले सरकारी गाडीहरुमा ताेडफाेड समेत गरेकाे छ भने प्रहरीले महामन्त्री कुन्दन काफ्ले लगाएत दर्जनाैं नेता तथा कार्यकर्तालाइ नियन्त्रणमा समेत लिएकाे छ।

प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच सरकारले शुक्रबार संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेकाे थियाे। विधेयक पारित भए लगत्तै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले सरकारकाे रवैया विरुद्ध सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका थिए। कांग्रेसको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले दुई तिहाई बहुमतको आडमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेता गगन थापाले सभामुख र सरकारको व्यवहारविरुद्ध कांग्रेस अब संसद र सडकमा लड्ने चेतावनी दिएका थिए।

प्रकाशित: ११ माघ २०७५ १०:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App