७ वैशाख २०८१ शुक्रबार
राजनीति

उज्जवल थापासहित विवेकशीलका १८ नेता–कार्यकर्ता पक्राउ

काठमाडाैँ - १७ औँ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयनकाे माग गर्दै सरकारविरूद्ध नाराबाजी गर्ने उज्जवल थापा नेतृत्वको विवेकशील नेपाली दलका करिब १८ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

डा. केसीसँग सरकारले १५ औं अनसनमा गरेको सम्झौता विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न लागेकोमा थापा नेतृत्वको विवेकशील नेपाली दलका कार्यकर्ताहरु सरकारविरुद्ध प्रर्दशन गर्दै नाराबाजी गर्ने क्रममा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा अगुवाइ गर्ने उज्जवल थापा, मिलन पाण्डे, पुकार बम, शशिविक्रम कार्कीसहितका नेता तथा कार्यकर्ताहरु रहेका छन्।

प्रकाशित: ११ माघ २०७५ ०७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App