काठमाडौं – अघिल्लो साता एक मात्र फिल्म ‘गरुड पुराण’ रिलिज हुँदा यो हप्ता अर्थात आज शुक्रबारबाट हलमा दुई फिल्म ‘आरोप’ र ‘बैना’ रिलिज हुँदैछन् । अमर ओलीको निर्देशनमा बनेको फिल्म ‘आरोप’मा स्वालम्बनको बाटोमा अघि बढ्न खोज्ने एक युवालाई समाजले आरोप लगाएपछि अपराधी बन्न उसले अपनाएको बाटोलाई देखाइएको छ।
दिलासा क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा विजय पाठक र दिनेश राउतको लगानी छ। फिल्ममा किशोर खतिवडा, सन्चिता लुइँटेल, रिचा थापा, उद्धव गिरी, प्रेम खड्कालगायतको अभिनय छ। फिल्ममा लक्ष्मण सुवेदीको कथा, वीरेन्द्र भट्टको छायांकन छ।
त्यस्तै दिलप्रकाश याक्सो निर्देशित फिल्म ‘बैना’ हिमाली लिङ्देन फिल्मस्को व्यानरमा बनेको हो। भुपेन्द्र लिङ्देन प्रस्तुतकर्ता रहेको फिल्ममा हिमाली लिङ्देन, राजु लिङ्देन, धनबहादुर याक्सो, बिना पालुङ्वाको लगानी छ।
फिल्ममा सुबास मेचे, रन्जिता लिम्बु, उदय सुब्बा, सुरवीर पण्डित, भुपेन्द्र लिङ्देन, राजु लिङ्देन, विश्व मुखिया, युमारानी लिम्बु, सन्तु मगरलगायतका कलाकारको अभिनय छ। फिल्ममा विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व, विक्रम डिसीको छायांकन, तारा थापा किम्भेको सम्पादन, कमल राईको कोरियोग्राफी तथा विजय केरुङको कथा, पटकथा र संवाद छ।
प्रकाशित: ११ माघ २०७५ ०६:११ शुक्रबार