coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सारालाई बाबु सैफको लगाम

मुम्बई – फिल्म ‘केदारनाथ’बाट अभिनयमा ‘डेब्यु’ गरेकी नायिका सारा अली खानलाई दोस्रो फिल्म ‘सिम्बा’ले नयाँ उचाई दियो। फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहँदा साराको चर्चा पनि राम्रोसँग चलिरहेको छ।

मिडियामा पनि राम्रो छाइरहेकी साराको यही लोकप्रियताको असर अहिले उनका पिता सैफ अली खानलाई देखिन थालेको छ। छोरीको लोकप्रियता बढेसँग मिडियामा पनि छाइरहेपछि सैफले उनलाई लगाम लगाउने तयारी गरेका छन्। समाचार अनुसार सैफले मिडियासँग साराको अन्तरसंवादलाई कम गराउन लगाम लगाउन लागेका हुन्।

‘आफ्नी छोरीको विषयलाई लिएर सञ्चारमाध्यममा बढी नै समाचार आउन थालेपछि सैफ केही चिन्तित देखिएका छन्। साराले दुई फिल्ममा मात्र काम गरेकी छन्। तर उनको चर्चा दर्जनौं फिल्ममा काम गरे जस्तै भएको छ। त्यसकारण पनि सैफमा चिन्ता देखिएको हो’, नबाब परिवारका एक सदस्यले भनेका छन्।

अहिले साराको हरेक गतिविधिमाथि ‘पापराजी’ले नजर लगाउने गरेका छन्। मिडियामा सारा आवश्यकता भन्दा बढी ‘एक्सपोज’ भएपछि पनि यसको चिन्ता सैफमा देखिएको छ। ‘सैफ आफ्ना सन्तानमाथि हरेक किसिमको दबाब लाद्न चाहँदैनन्। तर पनि साराको हकमा उनी अलिक फेरिएका छन्’, ती सदस्यले भनेका छन्।

पिता सैफले आफुप्रति अपनाएको सतर्कतामा सारा खुशी छिन्। नबाब परिवारमा पछिल्लो समयमा सबैभन्दा बढी मिडिया कभरेज पाउनेमा सैफका छोरा तैमुर छन्। मिडिया कभरेजकै कुरामा तैमुर र साराबीच प्रतिष्पर्धा नै चल्ने गरेको छ।

प्रकाशित: ११ माघ २०७५ ०६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App