काठमाडौं – टोटेनह्यामलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै चेल्सी इङ्लिस लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताअन्तर्गत बिहीबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले निर्धारित समयमा २–१ को अग्रता बनाएपनि पहिलो लेगमा १–० ले पराजित भएकाले समग्रमा खेल २–२ को बराबरीमा सकिएको थियो। जसका कारण खेलको नतिजा टाइब्रेकर निकालिएको हो।
२७ औं मिनेटमा चेल्सीले एन्गोलो कान्टेको गोलमा खेलमा अग्रता बनाएको थियो। ३८ औं मिनेटमा इडेन हाजार्डले टिमको अग्रता दोब्बर पारे। पहिलो हाफमा २–० ले पछि परेको टोटेनह्यामका लागि ५० औं मिनेटमा फर्नान्डो लोरेन्टले गोल फर्काए।
त्यसपछि बाँकी समयमा गोल दुवै टोलीले गोल गर्न सकेनन् र खेल २–२ को बराबरीमा भएपछि नजिता टाइब्रेकरबाट लिइएको थियो। जसमा चेल्सी भाग्यमानी सावित भयो।
चेल्सीका विलियन, सिजर एज्प्लिक्युएटा, जोर्गीन्हो र डेभिड लुइजले पेनाल्टीमा गोल गरे। टोटेनह्यामका इरिक लामेला र क्रिष्टियन एरिक्सनले गोल गरेपनि इरिक डायर र लुकास मौरा पेनाल्टीमा चुकेका थिए।
चेल्सी आठौं पटक लिग कपको फाइनलमा पुगेको हो। चेल्सीले अब उपाधिका लागि म्यानचेस्टर सिटीको सामना गर्नेछ।
प्रकाशित: ११ माघ २०७५ ०५:१३ शुक्रबार