coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नेत्रहीन महिला क्रिकेट टोलीको बिदाइ

नेपाली महिला नेत्रहीन क्रिकेट टोलीलाई बिदाइ गर्दै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना (बीच) । तस्बिर : नागरिक

काठमाडौं – नेत्रहीन त्रिकेट संघले पाकिस्तानविरुद्ध पाँच खेलको शृंखलामा सहभागी हुने नेपाली राष्ट्रिय महिला नेत्रहीन क्रिकेट टोलीको बिदाइ गरेको छ । जनवरी २६ बाट फेबु्रअरी ६ सम्म हुन लागेको यो भ्रमण नेपालकोे औपचारिक रूपमा पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

२००६ मा नेत्रहीन क्रिकेट संघले महिला टोली बनाएसँगै नेपाल विश्व नेत्रहीन क्रिकेट जगत्मा नेत्रहीन महिला टोली बनाउने पहिलो राष्ट्र बनेको थियो। यसअघि २०१४  मा बेलायतको निमन्त्रणामा नेपालले तीन खेलको शृंखला ३–० ले क्लिनस्विप गरेको थियो। तर यो नेपालको मान्यता प्राप्त पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

बिहीबार आयोजित बिदाइ कार्यक्रममा बोल्दै नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले पाकिस्तानविरुद्धको पहिलो अन्तर्राष्ट्रिय शृंखला जित्दै नेपाली महिला नेत्रहीन क्रिकेट टोली अर्को इतिहास रच्न आतुर रहेको बताएका छन्।

‘हामीले २००६ मा नेपाली राष्ट्रिय महिला नेत्रहीन क्रिकेट टोली निर्माण गर्दा तिमीहरूको पुरुष नेत्रहीन क्रिकेट टोली नै कमजोर छ। पहिला त्यसलाई सुधार गर भन्दै आलोचना भएको थियो,’ घिमिरेले भने, ‘महिला त्यसमाथि नेत्रहीन भएकै कारण उनीहरू परिवार र समाजमा आलोचित बन्ने गरेका थिए। तर आज अन्तर्राष्ट्रिय जगत्मा नेपाली राष्ट्रिय झन्डा फहराइरहेका छन्। अन्तर्राष्ट्रिय स्तरमा चाहे जुनसुकै खेल होस्, र जो सुकै खेलाडी होस् ,हामीले गर्ने काम भनेको नेपालको राष्ट्रिय झन्डा फहराउने हो। त्यसैले नेत्रहीन महिला क्रिकेट टोलीले आफूलाई प्रमाणित गरिसकेको छ र यसले आगामी दिनमा पनि निरन्तरता पाउनेमा हामी आशावादी छाैं।’

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद् (आइसिसी) का उपाध्यक्ष पीताम्बर तिम्सिनाले परिषद्मा रहेका बेथितिले गर्दा यस पटक नेत्रहीन महिला क्रिकेट टोलीका लागि सहयोग रकम अन्य प्रायोजक र संघसस्ंथाको तुलनामा कम भए पनि आगामी दिनमा सहयोग रकम बढाउने बताए। शनिबार पाकिस्तान प्रस्थान गर्ने १४ सदस्यीय टोलीको कप्तानी भगवती भट्टराईले गर्नेछिन् भने टोली प्रशिक्षकमा रिजन प्रजु रहनेछन्।
नेपाली महिला नेत्रहीन क्रिकेट टोली
भगवती भट्टराई (कप्तान), सुषमा तामाङ, मन केसी चौधरी,भगवती अमगाई,आशा रेग्मी, आसिका डगौरा,गीता पौडेल, विनीता पुन, हिता गुरुङ, मुना अर्याल, रीतादेवी थापा, सरिता घिमिरे, विमला राई, आयुष्मा क्षत्री,भूमा खरेल।

प्रकाशित: ११ माघ २०७५ ०४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App