१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा चारको मृत्यु

काठमाडौँ-रुपन्देही सालझण्डी–७ पिपलडाडा स्थित महेन्द्र राजमार्गमा लु.१ ख ९२०८ नम्बरको बसले लु.६ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

सैनामैना नगरपालिका–३ बस्ने २० बर्षीय बिकाश बस्नेत र २२ बर्षीय मिन भण्डारी गम्भीर घाइते भएकोले उपचारको लागि लुम्बिनी अंचल अस्पताल लैजाने क्रममा दुबैजनाको बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा बसमा सवार कपिलवस्तु शिबपुर नगरपालिका–९ बस्ने लक्ष्मी बिक को १० महिनाको छोरा आयुष बिकको टाउकोमा चोट लागेर घाइते भएकोले लुम्बिनी अंचल अस्पतालमा उपचारको लागि लगिएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

...

मोरङ सुन्दरदुलारी नगरपालिका–१० दुलारी चोक स्थित पूर्व–पश्चिम राजमार्गमा ना.४ ख ७८६६ नम्बरको बसले सोमबार पैदल यात्री सोही ठाउँ बस्ने ५० बर्षीय उमेश चौधरीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकोले घोपा अस्पताल धरान पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

...

यस्तै कपिलवस्तु बाणगंगा नगरपालिका–१ बैरीया बुद्धचोक स्थित महेन्द्र राजमार्गमा ना.४ ख ७७३४ नम्बरको ट्रकले लु.११ प १२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३३ बर्षीय दामोदर सापकोटा गम्भीर घाइते भएकोले उपचारको लागी बुटवलको चौराहा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १८ आश्विन २०७३ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App