‘नेपाललाई कसैले सम्झाउनु पर्दैन’

शुक्रबार, ११ माघ २०७५, ०६ : ४६ नागरिक

काठमाडाैँ - नेपालको संक्रमणकालीन न्याय टुंग्याउने विषयमा नौ कूटनीतिक नियोगले संयुक्त रूपमा देखाएको चासोप्रति सरकारले प्रतिवाद गरेको छ। नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयसहित युरोपियन युनियन, अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र फिनल्यान्ड दूतावासले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै संक्रमणकालीन न्याय टुंगोमा पु-याउन सरकारलाई सुझाव दिएका थिए। त्यसको जबाफ दिँदै सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका विषयमा सुझाव वा दृष्टिकोण राख्न आवश्यक नभएको बताएका हुन्। उनले बिहीबार नियमित पत्रकार सम्मेलनमा भने, ‘शान्ति सम्झौतामा संलग्न सबै शक्ति मूलधारको राजनीतिमा रहेकाले उम्किन पाउने अवस्था छैन।’

उनले नेपालको आफ्नै विधि र प्रक्रिया रहेको र आजसम्म भएका प्रगतिप्रति उत्साहित रहेको बताए। ‘शान्ति प्रक्रियामा नेपाल एउटा नमुना राष्ट्र हो। विश्वभर एउटा पक्ष हारेर समाप्त भएका छन् तर नेपालमा विन–विनको अवस्था हो। यो गणतन्त्रसँग सम्बन्धित छ,’ मन्त्री बाँस्कोटाले भने। उनले यी विषयमा नेपाललाई अरू कसैले सम्झाइरहनुपर्ने आवश्यकता नरहेको बताए। ‘हामी आफ्नै ढंग र गतिले अघि बढ्छौं। सहमतिबाट कोही पनि पछि हट्न सक्दैन, जघन्य अपराधका घटनामा हामीले पर्याप्त छलफल गरिरहेका छौं। सल्लाहसुझावका लागि खुला छौं,’ बाँस्कोटाले भने।

पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले संक्रमणकालीन न्यायका बारेमा सुझाव दिएर अन्तर्राष्ट्रिय समुदायले नेपाललाई हेपेको बताए। उनले भने, ‘यस्ता विषयमा बोल्न पाइँदैन तर उनीहरूले नेपाललाई हेपेका कारण यसरी बोलेका हुन्। आन्तरिक विषयमा अन्तर्राष्ट्रिय समुदायले हस्तक्षेप गर्न नपाउने उनको तर्क छ। उनले भने, ‘मानवअधिकारका विषयमा कुनै अन्तर्राष्ट्रिय सन्धिसम्झौता भए एउटा कुरा हो नत्र यस्ता विषयमा आन्तरिक रूपमा हस्तक्षेप गर्न पाइँदैन।’

पूर्वराजदूत जयराज आचार्यले अन्तर्राष्ट्रिय स्तरमा नेपालको विश्वसनीयता कमजोर हुँदै गएपछि अन्तर्राष्ट्रिय समुदायले बोल्नु स्वाभाविक भएको बताए। उनले भने, ‘पछिल्लो समय नेपालको अन्तर्राष्ट्रिय छवि कमजोर हुँदै गएकाले यस्तो समस्या भएको हो।’ कूटनीतिज्ञ शम्भुराम सिम्खडा भने नेपालले समयमै संक्रमणकालीन न्याय नटुंग्याउँदा राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय समुदायले चासो राखेको बताउँछन्। उनले भने, ‘सेना समायोजन, हतियार व्यवस्थापन, संविधान निर्माण र कार्यान्वयन चरणसमेत सुरु भइसक्दा पीडितले न्याय नपाउँदा यस्तो समस्या आएको हो।’


संक्रमणकालीन न्याय टुंग्याऊ : अन्तर्राष्ट्रिय समुदाय

काठमाडौं – संयुक्त राष्ट्रसंघ र केही पश्चिमा मुलुकहरूले संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन सशस्त्र द्वन्द्वपीडित, नागरिक समाज र सरोकारवालासँग अर्थपूर्ण छलफल गर्न नेपाल सरकारलाई सुझाव दिएका छन्।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद सकिन केही दिन बाँकी हुँदा अन्तर्राष्ट्रिय कूटनीतिक नियोगहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै जनताको पूर्ण विश्वास नभई नेपालले द्वन्द्वका घाउ र पीडाबाट मुक्तिसँगै शान्ति प्रक्रियाको टुंगो लगाउन नसक्ने ध्यानाकर्षण गराएका हुन्।

संक्रमणकालीन न्याय प्रक्रियाका लागि सर्वोच्च अदालतले तोकेको निश्चित मापदण्ड र आदेश स्मरण गराउँदै अन्तर्राष्ट्रिय समुदायले सोही अनुसार अगाडि बढ्न सरकारलाई आग्रह गरेका छन्।
यसरी विज्ञप्ति जारी गर्नेमा नेपालस्थित राष्ट्रसंघको कार्यालय, अस्ट्रेलिया, जर्मनी, युरोपियन युनियन, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड, बेलायत र अमेरिका छन्। ‘हामी जनताको बृहत् विश्वाससहितको संक्रमणकालीन न्याय प्रक्रिया अगाडि बढाउन नेपाल सरकार र सबै सरोकारवालासँग काम गर्न प्रतिबद्ध छौं,’ विज्ञप्तिमा भनिएको छ।







यसमा तपाईको मत


अन्य समाचार

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...