६ वैशाख २०८१ बिहीबार
समाज

जमेको हिँउ नपग्लेपछि तीन दिनदेखि जुफाल विमानस्थल बन्द

जुफाल विमानस्थल। तस्बिर: बिष्णुप्रसाद/नागरिक

डोल्पा - हिमपातका कारण अवरुद्ध डोल्पाको जुफाल विमानस्थल तीन दिनसम्म पनि नखुलेपछि यात्रु मर्कामा परेका छन्।

हिमपातले अवरुद्ध भएको विमानस्थल नखुलेका कारण नेपालगंज र सुर्खेतबाट कुनैपनि उडान हुन सकेका छैनन्। हवाई मैदानमा जमेको बाक्लाे हिँउ विहिबार समेत नपग्लेपछि विमानस्थल अवरुद्ध भएकाे नागरिक उड्डयन प्राधिकरण जुफालले जानकारी दिएको छ।

मंगलबार भएको भारी हिमपात र बुधवार भएको भारी वर्षातले बाक्लाे हिँउ जमेको र विहिबार पनि हिँउ नपग्लेकाले तीन दिनदेखि नेपालगञ्ज विमानस्थलबाट कुनैपनि उडान नभएको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले बताए। हवाई सेवा प्रभावित हुँदा दैनिक उपभोग्य सामाग्री समेत ढुवानी हुन सकेको छैन्। विहिबार बेलुकीसम्म घाम लागेर हिँउ पग्लेपछि शुक्रबार उडान हुने सम्भावना रहेको नागरिक उड्डयन प्राधिकरण जुफालको जनाएको छ। 
 

प्रकाशित: १० माघ २०७५ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App