coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
भिडियो

शान्ता चौधरी : सौता ल्याएपनि घरखर्च लुकाएर अरूको हातमा दिन्छु ।

कम्लरीदेखि सभासदसम्म उनको पहिचान हो । तत्कालिन नेकपा एमालेको कोटाबाट नेपालको पहिलो संविधानसभा सदस्य भइन् । सभासद छँदा पढाइको अभाव पुरा गर्न कक्षा ८ मा भर्ना भइन् । उनी एसइई परिक्षा दिने तयारीमा छिन् । पूर्व सांसद तथा नेकपा नेपालकी संसदिय दलकी सचेतक शान्ता चौधरीको जीवनी कुनै फिल्मको भन्दा कम छैन । 

शान्ता नौ वर्षमा मात्र टेकेकी थिइन् । उनीले बाध्यतावस कम्लरी बस्नु पर्यो  त्यसपछि हुर्किदै गएकी शान्ता सुरक्षीत हुनको लागि उनको विवाह भयो । शान्ताले १९ घण्टा काम गर्नुपर्थ्यो । न गाँसको ठेगान न बासको ।  कामबाट फुर्सदै नमिल्ने । उनको संघर्षका कथाहरु त्यहाँ रोकिएन । विद्रोही स्वभावकी शान्ताले कम्लरीको हकहितका लागि सभासद हुनु अघिदेखि नै लडिरहेकी थिइन् । उनी पार्टीका आँखामा पर्न थालिन् । शान्ता तत्कालीन नेकपा एमाले पार्टी सदस्य भइन् । त्यो भन्दा अघि उनलाई अरू पार्टीले पनि प्रस्ताव नराखेका होइनन । तर शान्ताले नेकपा एमाले चुनिन् । नेपालको पहिलो संविधान सभाको निर्वाचन पछि उनी सभासद भइन् । संविधानसभा भवनमा पहिलो दिनको घटना अहिले पनि उनको मानसपटलमा छाइरहन्छन्। उनले ति घटनाबाट आत्मग्लानी भएर बस्नु भन्दा त्यसबाट पाठ सिक्नुपर्ने अठोट लिइन् । त्यसपछि गाँउको रहनसहन देखि शहरको उठवस सिकिन् ।

दृढ इक्षा शक्तिका अघि हरेक परिस्थतीले घुडा टेक्छ । शान्ता चौधरी त्यसको उदाहरणकी पात्र पनि हुन् । शान्ताका एक छोरा, एक छोरी छन् । छोरी उनीसँगै एसइईको परिक्षाको तयारी गर्दैछिन् । छोरा कक्षा १२ मा पढ्छन् । राजनीतिक भुमिकासँगसँगै उनले बचेको समय आफ्नो पढाइकालागि छुट्याएकी छिन् । शान्तलाइ घरमा पढाइका लागि छोराले सघाउँछन् । घरमा छोरा अनिलले अध्ययनमा सघाउछन । आमाछोराका बिच कहिलेकाही झगडा पनि हुन्छ । अनिल चाहि आमाले अक्षरमा सुधार नल्याएका कारण रिसाउछन्  । छोरी भने होस्टेलमा बस्छिन । शान्तालाई एउटा कुराले जहिले चित्त दुखाँउछ । उनि भन्छिन् “जव दुःख थियो श्रीमान जहिले साथमा रहे । सुखका दिन फिरे जस्तो लागेको थियो । श्रीमानले नै साथ छोडिदिए” । शान्ताका श्रीमानले दुइ वर्ष अघि दोस्रो विवाह गरे । जव शान्ताका श्रीमान कतारबाट घर दाङ फर्के । उनले अर्को विवाह गरेका हुन् । छोरा अनिलले धेरै सम्झाउदा पनि मानेनन । शान्ता भन्छिन् ‘रक्सी नखाँदा भगवान , रक्सी खाएपछि केहि नदेख्ने’ । श्रीमानले दोस्रो विवाह गरेपनि सम्बन्ध विच्छेद भएको छैन । अहिले कान्छी श्रीमतीबाट दोस्रो सन्तानको रुपमा छोरा जन्मीएको छ । कान्छीको दुःख देखेर शान्ताले सानो बच्चाको लागि खर्च दिन्छिन्  । सौता भन्ने शव्द नराम्रो भएपनि मानवताको नाताले त्यो सानो बच्चाको के दोष ? शान्ता उल्टै प्रश्न गर्छिन् । त्यसले अभावको जीवन भोग्नु नपरोस् !  शान्ताको यस्तै सोच छ । महिला भएकै कारण जीवनमा अनेकन लाल्छाना भोगिन् तर उनका पाइला र आत्मविश्वास कहिले डगमगाएन । उनी आफ्नो लक्ष्यमा अडिग रहिन् । (बाँकी भिडियोमा)

प्रकाशित: १० माघ २०७५ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App