७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

इराकमा आत्मघाती आक्रमण, दशको मृत्यु

बग्दाद- इराकको राजधानी बग्दादमा सोमबार भएको आत्मघाती आक्रमणहरूमा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ। दुई सिया मुसलमान इलाकालाई लक्ष्यगरी गरिएको यस आक्रमणमा कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३० भन्दा बढी घाइते भएको सुरक्षा र चिकित्सक स्रोतले जानकारी दिएका छन्। 

दक्षिणी बग्दादको छिमेकमा पर्ने आमिल बजार इलाकामा भएको भीषण बम आक्रमणमा कम्तीमा ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका थिए। 

त्यसैगरी बस, ट्यासीहरूका ग्यारेज र सिया धर्मका व्यक्तिहरूका लागि त्रिपालको बन्दोबस्तगरी चियाखाजाको बन्दोबस्त मिलाइएको स्थाननजिकै भएको अर्को बम विस्फोटमा परी कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १८ जना घाइते भएका छन्। 

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन। तर यसप्रकारको आक्रमण बारम्बार गराइरहने इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहको नै हात रहेको प्रंहरीले आशङ्का गरेको छ।

प्रकाशित: १८ आश्विन २०७३ ०५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App