coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सर्वोच्चको मुख्य रजिस्ट्रारमा निरौला सिफारिस

काठमाडौं – न्याय सेवा आयोगले न्याय परिषद्का सचिव नृपध्वज निरौलालाई सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा नियुक्तका लागि सिफारिस गरेको छ। बेपत्ता छानबिन आयोगका सचिव र सर्वोच्च अदालतकै रजिस्ट्रार रहेका निरौलालाई बुधबार बसेको आयोगको बैठकले मुख्य रजिस्ट्रारमा सिफारिस गरेको हो।

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारका रूपमा काम गरिरहेका राजन भट्टराईलाई उच्च अदातल पाटनको न्यायाधीश नियुक्त गरिएपछि रिक्त पदमा निरौलालाई सिफारिस गरिएको हो।

न्याय सेवाले गरेको सिफारिस मन्त्रिपरिषद्मा पेस भएपछि मात्रै उनले नियुक्ति पाउन सक्नेछन् भने सोही बैठकले न्याय परिषद्को सचिवमा भने देवेन्द्रराज ढकाललाई नियुक्तिका लागि सिफारिस गरिएको छ। निरौला ती व्यक्ति हुन्, जसले लेखेको पत्रका कारण तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमुक्त हुन पुगेका थिए।

प्रकाशित: १० माघ २०७५ ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App